प्रहरी भन्छन्– कानूनी प्रक्रियाबाट मुद्दा दर्तापछि अनुसन्धान हुँदैछ
जनकपुर, फागुन २७
धनुषाको गणेशमान चारनाथ नगरपालिकामा प्रहरीले पहुँचको आधारमा हुँदै नभएको ठगी मुद्दा चलाएपछि एक परिवार त्रसित बनेका छन् ।
जग्गा विक्रीको क्रममा बाँकी रहेको रकम छ महिना वित्दापनि जग्गा खरिदकर्ताले रकम दिनुको साटो प्रहरीमा ठगी मुद्दामा उजुरी दिएपछि प्रहरीले मानसिक तनाव दिएको भन्दै सहनी परिवार अहिले त्रसित बनेका हुन् । तर ढल्केवर प्रहरीले मुद्दामाथि अनुसन्धान भएको बताउँदै कुनैपनि किसिमको डरत्रास कसैलाई पनि नदिएको बताए ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ६ स्थित गोदार बस्ने दिनेश सहनी र विमलेश सहनीमाथि इलाका प्रहरी कार्यालय ढल्केवरले झुठो मुद्दा दर्ता गरेको आरोप लगाउँदै सहनी परिवार त्रसित बनेको बताउँछन् । ढल्केवर प्रहरीले हुँदै नभएको मुद्दा दर्ता गरिदिएपछि अहिले सहनी परिवार प्रहरीबाट असुरक्षित बनेका छन् ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख प्रहरी निरीक्षक प्रदीप सुबेदी नियम विपरीत बिना कारण, बिना प्रमाण ठगी मुद्दा दर्ता गरेर सहनी परिवारलाई पÞmसाउन खोजेको पीडित परिवारको भनाई छ ।
सहनी परिवारले गणेशमान चारनाथ नगरपालिका स्थित पूर्वपश्चिम राजमार्ग छेउमा रहेको सहनी परिवारको पुख्यार्ली चार कठ्ठा जग्गा भदाँै ३१ मा बिक्री गरेको थियो । सो जग्गाबिक्री गरेको ६ महिना वितेको छ । तर प्रहरीले सहनी परिवारमाथि आफ्नै जग्गाबिक्री गरे बापत ठग्गी मुद्दा चलाई दिएको उनीहरुको आरोप छ । आफ्नै पुख्यार्ली जग्गा बिक्री गरे बापत प्रहरीले झुठो मुद्दा चलाई दिएपछि पक्राउ पर्ने डरमा सहनी परिवार त्रसित बनेका हुन् भने न्यायका लागि गुहार मागिरहेका छन् ।
तर इप्रका ढल्केवरका प्रहरी निरीक्षक सुवेदले प्रहरी समक्ष उजुरी दिएपछि अनुसन्धान गर्नु प्रहरीको कर्तव्य रहेको बताए । उनले उजुरी दर्ता भएको र सो अनुसार अनुसन्धान भईरहेको बताए । उनले अघि थप्दैँ भने, ‘कार्यालयमा मुद्दा दर्ता भएपछि अनुसन्धान भईरहेको छ ।’ घटना बारे सत्यतथ्य बारे अनुसन्धान पछि खुल्ने उनले स्पष्ट पारे ।
यस्तो छ घटना
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ६ स्थित गोदार बस्ने दिनेश सहनीले गोदार चोकभन्दा पश्चिमपट्टी करिब दुई सय मिटर पश्चिमको दूरीमा रहेको मुख्य सडक अर्थात पूर्वपश्चिम राजमार्गको उत्तर पट्टीको राजमार्ग छेउमा रहेको पुर्खाैली सम्पत्तिको ३७९ किता नम्बरको ४ कठ्ठा जग्गा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका स्थित महेन्द्रनगर घर भएकी सुमारिया देवी यादवको नाममा नियम सम्मत बिक्री गरेको थियो ।
सहनीले ९० लाख रुपैयाँमा बिक्री गरेको र बाँकी ११ लाख रुपैयाँ पछि दिने सर्तमा गत भदौ महिनाको ३१ गतेमा यादवलाई बिक्री गरी मलपोत तथा भूमिसुधार कार्यालय धनुषामा नियम सम्मत पास गरे, बाँकी ११ लाख रकम माग गर्न जादा यादवकी छोरा जितेन्द्र यादवले सो रकम दिन अलटाल गर्न थाले । बाँकी रहेको ११ लाख रुपैयाँ पटक पटक माग्दा टालटुल गर्दै सो बाँकी रकम दिन भने मानेन् । बरु उल्टै आफुहरु माथि झूठा मुद्दा दर्ता गराएर आफूहरुलाई झनै पीडि़त बनाएको पीडि़त सहनीको आरोप छ ।
जग्गावालसँग छलफल बोलाई दिन इलाका प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज समेत रहेका प्रहरी निरिक्षक प्रदीप सुबेदीलाई हार गुहार गर्दा समेत छलफलमा बोलाएपनि केही भएन । उल्टै जग्गा धनीसँग मिलेर प्रहरी निरीक्षक सुबेदीले आफु माथि नै झूठा मुद्दा दर्ता गर्यो ।
जग्गा बिक्री गरे वापतको रकम विभिन्न व्यक्तिको नामले नेपाल इन्भेष्टमेन्ट बैंकको खाता नम्बर ०१४०५०५०३१५५६२ मा बैंक खाता मार्फत ७९ लाख रकम मात्र प्राप्त गरेको बैंक स्टेटमेन्टले रहेको दिनेश सहनी बताउँछन् ।
पीडि़तका दाई बिमलेश सहनीले भने, ‘पूर्वपश्चिम राजमार्ग छेउको जग्गा बिक्री गर्न गत साउन १ गते बक्री गर्ने सो अनुसारको जग्गा बैना गरियो र सोही जग्गा बिक्री गरियो तर आज ६ महिना पछि आफ्नै पैसा मग्न जाँदा प्रहरीले उल्टै कसरी ठगी मुद्दा दर्ता गरियो । हामी कसरी ठगी गरे जून जग्गा देखाएँ सोही कित्ता नम्बर जग्गा पास गरे ठगी कसरी भयो प्रहरीले आफूहरुलाई बदनियत पूर्वक फसाउन खोजेको छ ।’
गत महिनामा सहनीको नाममा रहेको किता नम्बर समेत उल्लेख सहितको जग्गा बैना कागज समेत पीडित परिवारले सुरक्षित राखेपनि प्रहरी निरीक्षक सुवेदीले व्यक्तिगत फाईदाका लागि सहनी परिवारजनमाथि झुठा मुद्दा लगाएर तर्साउन खोजेको आरोप छ ।
नापी कार्यालय धनुषाको नक्सामा समेत पूर्व पश्चिम राजमार्गको छेउमैं जग्गा देखिन्छ । साबिक १९० नम्बरको किता पूर्वपश्चिम राजमार्ग छ । सो राजमार्गको उत्तर पट्टी राजमार्ग छेउमै जग्गा छ ।
गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर ६ का वडा अध्यक्ष रञ्जित साहले जग्गाको चार किल्ला घर बाटो प्रमाणित समेत गरेको सिफारिसमा उल्लेख छ ।
बैना भए अनुसारकै सोही कित्ता नम्बरको जग्गा पास भएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केबरमा सहनी विरुद्ध ठगी सम्बन्धी ठाडो उजुरी परे पछि प्रहरी निरीक्षक सुबेदीको नेतृत्वमा गणेशमान चारनाथ नगरपालिका ६ का वडा अध्यक्ष रञ्जित साह नगरपालिकाको नापी अमीन र जिल्ला नापी कार्यालय धनुषाका अमीनले समेत स्थलगत अनुगम गरेको थियो ।
नेपाल सरकारले नक्सा संशोधन नगर्दा जग्गा धनीहरु झनै पीडि़त बन्दैः मेयर यादव
धनुषाको गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख रामबाबू यादवले पूर्व कमला देखि पश्चिम ढल्केवर सम्म दर्जनौँ व्यक्तिको नक्सा संशोधन नभएकोले यस्ता समस्या भोग्न बाध्य भएको बताए ।
उनले सो ठगी मुद्दा लगाएर प्रहरीले गलती गरेको बताए ।
जग्गा धनीहरु पुस्तौ देखि राजमार्ग छेउको जग्गा हकभोग गर्दै आएको जग्गा बिक्री गर्दा निर्दोषलाई ठगीको मुद्दा खेप्न बाध्य बनाउने प्रहरी अधिकारी माथि प्रश्न उठ्ने स्वभाविक रहेको उनले बताए ।
नगरप्रमुख यादवले भने, ‘जग्गा सम्बन्धी मुद्दा प्रहरीले नभई स्थानीय तहले हेर्ने हो, प्रहरीले बदनीयत पूर्वक ठगी मुद्दा दायर गरि पीडि़तलाई मानसिक तनावको सिकार गराउन खोजेको देखिन्छ ।’
पीडितका कान्छो भाई दिनेश सहनीको नाममा रहेको जग्गा पारदर्शी रुपमा बिक्री भएको बताए । उनले प्रहरी निरीक्षक सुबेदीले पटक पटक घरबाटै उठाएर लग्ने भन्दै धाक धम्की दिएको उनको आरोप छ ।
मुलुकी अपराध संहियता ऐन २०७४ को दफा ९९ अनुसार कानून बमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मेबारी भएको अधिकारीले निर्दोष व्यक्तिलाई पÞmसाउने वा बास्तविक कासुरदारलाई जोगाउने मनसायले बनियत पूर्वक अनुसन्धान गर्न वा अभियोग अलगाउनु हुदैन । आदि लगाएमा (२) दफा १ बमोजिमको कसूर गर्ने वा गराउने ब्यक्तिलाई ६ महिना सम्म कैद वा ५ हजार रुपैया सम्म जरिबाना वा दुबै सजाय हुने व्यवस्था छ ।
र साथै (३) दफा १ बमोजिमको कसूरबाट कुनै व्यक्तिलाई कुनै किसिमको हानि नोक्सनी भएमा निजले त्यस्तो कासुरदारबाट क्षतिपूर्ति भराई लिन सक्ने ब्यवस्था समेत रहेको छ ।