काठमाण्डौ, फागुन २७

गोरखापत्र संस्थानमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले महाप्रबन्धक पदको माग गरेका छन् ।

गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि आवेदन माग गरेको छ ।

शुक्रबार एक सूचना जारी गरी सात दिन भित्र ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको नेपाली नागरिकलाई दरखास्त पेश गर्ने भनेको छ ।

त्यसका लागि कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र पत्रकारितामा ७ वर्ष अनुभवे हुनुपर्ने सूचनामा जनाइएको छ ।

पत्रकार आचारसंहिता उल्लंघन अन्तर्गत सजाय नपाएको र प्रचलित नेपाल कानुन बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको हुनुपर्ने समेत भनिएको छ ।