एकीकृत प्रगतिशील इन्जिनियर समुह र बृहद राष्ट्रिय प्रगतिशिल गठबन्धन वीच प्रतिस्पर्धा

जनकपुर, फागुन २७

नेपाल इन्जिनियर्स एसोसिएसनको नयाँ नेतृत्वका लागि मधेश प्रदेशको विभिन्न ठाउँमा निर्वाचन हुँदैछ । मधेशको जनकपुरधाम र वीरगंजमा निर्वाचन जारी रहेको छ ।

शुक्रबार विहान ९ बजेदेखि सुरु भएको मतदान बेलुकी ४ बजेसम्म जारी रहने जनाइएको छ । गत वर्ष नै उम्मेदवारी परेपनि विभिन्न कारणवस ५ पटक स्थगित हुँदै आएको थियो ।

एसोसिएसनको ७ वटै प्रदेशका साथै केन्द्रिय कार्यकारिणी समितिका लागि नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादी निकटका नेपाल राष्ट्रिय इन्जिनियर संगठन, सोसलिस्ट इन्जिनियर एशोसिएसन नेपाल र नेपाल इन्जिनियरिंग समाज मिलेर एकीकृत प्रगतिशील इन्जिनियर समूह गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा छन् । भने लोकतान्त्रिक समाजवादी निकट राष्ट्रिय इन्जिनियर्स संघ र नेकपा एमाले निकट प्रोग्रेसिभ इन्जिनियरिंग एसोसिएसन नेपालले गठबन्धन गरेर चुनावी मैदानमा उत्रेका छन् । एमाले, लोसपाको गठबन्धनलाई सिके राउत नेतृत्वको जनमत पार्टी निकटका इन्जिनियरहरुको समेत साथ सहयोग रहेको छ ।
त्यस्तै नेपाली काँग्रेसको दुई वटा समूह बेग्ला बेग्लैरुपमा चुनावी मैदानमा रहेको छन् भने स्वतन्त्र समुहको नेतृत्वमा गरी करिब ५ वटा समुहहरु विभिन्न गठबन्धन बनाएर चुनावी मैदानमा छन् ।

मधेश प्रदेशको नेतृत्वका लागि एकीकृत प्रगतिशील इन्जिनियर समुहको तर्फबाट सभापतिमा राजेश यादव, मधेश प्रदेशको तर्फबाट केन्द्रिय सदस्यमा संजयकुमार यादव, मधेश प्रदेश उपसभापतिमा कार्तिकेश झा, सचिवमा रामनारायण यादव, सह सचिवमा राजिव साह, कोषाध्यक्षमा अञ्जुकुमारी यादव चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।

त्यस्तै सदस्यहरुमा रविकुमार पटेल, दयानन्द साह, विशालकुमार झा, सोनाली ठाकुर, जितेन्द्रकुमार यादव, प्रविणकुमार यादव, कुन्दन कुमार ठाकुर,अमितकुमार यादव, प्रदिपकुमार यादव र रोशनीकुमारी झा पनि चुनावी प्रतिस्पर्धामा छन् ।

No description available.
त्यस्तै लोकतान्त्रिक समाजवादी निकट राष्ट्रिय इन्जिनियर्स संघ र नेकपा एमाले निकट प्रोग्रेसिभ इन्जिनियरिंग एसोसिएसन नेपालले मधेश प्रदेशको नेतृत्वका लागि बृहद राष्ट्रिय प्रगतिशिल गठबन्धनबाट सभापतिमा इन्दुभूषण झा, उपसभापतिमा ललितकुमार साह, सचिवमा विजय महतो थारु, सहसचिवमा अभयकान्त झा र कोषाध्यक्षमा रामउदगार यादवले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्यहरुमा मो. सौकत अली, प्रविण कुमार ठाकुर, आशिष साह, हैदर ईमाम, जितेन्द्र महरा, सुजित कुमार साह, रविकुमार झा, सागर यादव, सुरजकुमार साह र विवेककुमार कर्णले उम्मेदवारी दिएका छन् ।

त्यस्तै विभिन्न दलहरुको भातृ संगठनहरु गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा रहेको समयमा नेपाल ईन्जिनियर्स एसोसिएसन नेपाल नामक स्वतन्त्र समूहले समेत मधेश प्रदेशको नेतृत्वका लागि चुनावी प्रतिस्पर्धामा छन् । मधेश प्रदेशबाट केन्द्रिय सदस्यका लागि तपेश्वर यादवले उम्मेदवारी दिएका छन् ।

मधेश प्रदेशको उपसभापतिमा सुशिल प्रसाद देव, सचिवमा सफलकुमार साह, सहसचिवमा गौरवकुमार सर्राफ र कोषाध्यक्षमा तेजनारायण यादवले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्यहरुमा सितेशकुमार यादव, दिपककुमार मण्डल, कृष्णकुमार राय, अन्जली ठाकुर, प्रविणकुमार यादव, सुम्मी मिश्र, जयशंकरकुमार शर्मा, बम शंकर यादव, मो. गुलाम जिलानी र मनोजकुमार सहनीले उम्मेदवारी दिएका छन् ।
त्यस्तै परिषद सदस्यहरुमा रोशनी यादव, प्रमोदकुमार यादव र अभिषेक ठाकुरको उम्मेदवारी परेको हो ।

काँग्रेस निकटका इन्जिनियर दुई चिरामा विभाजन भएपछि मधेशमा निकै शक्तिशाली मानिएका इन्जिनियरको संगठन निर्वाचनमा भने कमजोर देखिएको टिप्पणी भइरहेको छ ।

एकीकृत प्रगतिशील इन्जिनियर समूहको तर्फबाट मधेश प्रदेशबाट केन्द्रिय सदस्यका उम्मेदवार रहेका संजयकुमार यादवले मधेश प्रदेशमा हाम्रो तर्फ इन्जिनियरहरुको रुझान रहेको अत्याधिक बहुमतले जित्ने दावी गरे ।