एजेन्सी, फागुन २७

भारतीय महिला क्रिकेट टिमकी फस्ट बलर झूलन गोस्वामीले न्युजिल्यान्डविरुद्धको विश्वकप छनोट प्रतियोगितामा कीर्तिमान बनाएकी छिन् । चक्कादा एक्स्प्रेसको नामले चर्चित झूलन ३९ वर्षीय खेलाडीले वानडे विश्वकपमा ३९ विकेट लिन सफल भएकी हुन् ।

बलर झूलनले विश्वकपको इतिहासमा सबैभन्दा धेरै विकेट लिने अष्ट्रेलियाको क्रिकेटर लिन फुलस्टनको कीर्तिमानलाई बराबरी गरेकी । फुल्स्टनले सन् १९८२–१९८८ को बीचमा विश्वकपमा खेलेका २० म्याचमा यस्तो उपलब्धि हासिल गरेकी हुन् । बलर झूलानलाई लागि ३९ विकेट लिन ३० म्याच लाग्यो ।

बिहीबार बलर झुलान गोस्वामीले न्युजिल्यान्डका केटी मार्टिनलाई ३९ औं शिकार बनाइन् । उनले अन्तिम ओभरमा यो विकेट पाएकी थिइन् । खेलमा उनले ९ ओभर बलिङ गर्दै ४१ रन खर्चेर एक विकेट लिएकी थिइन् ।

अहिलेसम्म बंगालकी फास्ट बलरले १२ टेस्टमा ४४, १९७ एक दिवसीयमा २४८ र ६८ टी २० मा ५६ विकेट लिइसकेकी छन् ।
भारतले आगामी शनिबार वेस्ट इन्डिजको सामना गर्दैछ ।

यस खेलमा बलर झूलनले फुलस्टोनको कीर्तिमान तोड्ने अपेक्षा गरिएको छ । भारतीय महिला टिमका अनुभवी फास्ट बलर रहेकी झूलन करिब २० वर्षदेखि भारतका लागि क्रिकेट खेलिरहेका छन् ।