जलेश्वर, फागुन २७

मिथिला माध्यमिकी परिक्रमाको क्रममा एक महिला तिर्थालुको मृत्यू भएको छ ।

१५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी पुनः एक महिलाको मृत्युु भएको हो ।

महोत्तरीको भंगाहा नगरपालिका वडा नम्बर ३ स्थित भंगाहा टोल बस्ने ५५ वर्षीया तिलिया देवी मुसहरको मृत्युु भएको महोत्तरी प्रहरीले जनाएको छ ।

भंगाहा नगरपालिका वडा नम्बर ९ स्थित कन्चनवनमा रहेको आधारभुत विद्यालयमा बिश्राम गरेकोमा बिहान मृत अवस्थामा आज बिहान फेला परेको महोत्तरी प्रहरीले जनाएको छ ।

त्यस्तै माध्यमिकि परिक्रमामा सोमबार भारतको बिहार राज्यस्थित मधुवनी जिल्लाको भाईसपट्टी थाना बासुपट्टी बस्ने राजेन्द्र साहकी ५० वर्षीया पत्नी प्रमीला देबी साहको मृत्यु भएको थियो । परिक्रमामै सहभागी तिर्थालु भारतीय एक महिलाको मठिहानीबाट जलेश्वर आउने क्रममा मृत्युु भएको थियो ।

यता घटना सम्बन्धी थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।