रौतहट, फागुन २७
अवैध रकम सहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा भारतको विहार राज्य पूर्वी चम्पारण मोतिहारी जिल्ला महंगुआ ग्राम पञ्चायत २ बस्ने ४५ वर्षिय दिपनारायण प्रसाद रहेका छन् ।
दिपनारायण प्रसादलाई करिब १८ लाख रुपैयाँ अवैध रकम सहित पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी क्षिनमस्ता वाहिनी, बर्दिबासबाट खटेको स्कवार्ड टोलीले विषेश सूचनाको आधारमा सुरक्षा सर्तकता बढाउँदा रौतहटको बौधिमाई नगरपालिका वडा नम्बर ९ स्थित सरमुजबाबाट स्रोत नखुलेको १८ लाख ७३ हजार नेपाली रुपैयाँ सहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका दिपनारायणसंग रहेको भारतीय नम्बर प्लेटको मोटरसाईकलमा अवैध रुपमा ल्याउँदै गरेको सो रकम सहित पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।