एजेन्सी, फागुन २७
पाकिस्तानी भूमिमा भारतीय क्षेप्यास्त्र खसेको दाबी पाकिस्तानी सशस्त्र सेनाले गरेको छ ।
स्पुतनिक समाचार एजेन्सीको जानकारी अनुसार भारतको हरियाणा राज्यको सिरसा शहर नजिकको इलाकाबाट प्रक्षेपण गरिएको सो क्षेप्यास्त्र पाकिस्तानको पञ्जाब प्रान्तको मियाँ चान्नु शहर नजिकै पाकिस्तानी वायुसेनाले भेट्टाएको बताएको छ ।
साँझ ६ः ४३ बजे (१३ ः४३ ) उच्च गतिको उडान भर्दै गरेको सो क्षेप्यास्त्र सशस्त्र सेनाले पत्ता लगाएको थियो ।
रुसी समाचार एजेन्सीले पाकिस्तानी सशस्त्र सेनाका प्रवक्तालाई उद्धृत गर्दै जानकारी दिए अनुसार सो क्षेप्यास्त्रले आफ्नो प्रारम्भिक मार्गबाट अचानक पाकिस्तानी क्षेत्र तर्फ उडेको र पाकिस्तानको एयर स्पेस उल्लङ्घन गरेको थियो ।
तर पाकिस्तानको सो दाबीप्रति भारतले कुनै प्रतिक्रिया नदिएको जनाइएको छ ।