
सप्तरी, फागुन २७
सप्तरीमा जनता समाजवादी पार्टी नेपाल भित्र तिव्र विवादले उग्ररुप लिएपछि समानान्तर पार्टी गठनसम्म पुगेको छ ।
बहालवाला मन्त्री महेन्द्र राय यादव नेतृत्वको तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष समेत रहेका जिवछ यादवले जसपा सप्तरीमा समायोजनमा भेदभाव गरेको संस्थापन पक्षमाथि आरोप लगाउँदै समानान्तर समिति गठन गरिएको जनाएको छ ।
जिवछ यादवको अध्यक्षतामा १ सय ५१ सदस्यीय जसपा सप्तरी जिल्ला समवन्य समिति समानान्तर गठन गरिएको हो ।
त्यस्तै उपाध्यक्षमा सुतिक्षण यादव, विरेन्द्र कुमार मण्डल, संजय मण्डल, सचिवमा राजेन्द्र प्रसाद साह, सह सचिवमा खेलानन्द साह, बुलाकी साह, भुपेन्द्र यादव, कोषाध्यक्षमा रिना कुमारी यादव, कार्यकारिणी समिति सदस्यहरुमा टुनटुन यादव, दिपक मण्डल, हरिसुन्दर यादव, रामानन्द चौधरी, शोभा कुमारी यादव, शिवशंकर मण्डल, सुरज यादव, मिना कुमारी साह, कपिलदेव मण्डल, मुनुलाल साह, रामकृष्णा साह, लगन सरदार, मनोज कुमार विश्वास, निलम भारती रहेका छन् ।
जसपाका पूर्व केन्द्रीय सल्लाहकार चन्देश्वर यादव, सिताराम सिलपलिया लगायतका नेताहरुको उपस्थितमा समानान्तर समिति गठन गरिएको हो ।
कृषि मन्त्री समेत रहेका जसपाका नेता महेन्द्रराय यादव पक्षले सो समानान्तर समिति गठन गरेका छन् ।