वीरगञ्ज, फागुन २७

मधेश प्रदेशको पर्सामा कुखुरामा बर्डफ्लु फेला परेको छ ।

पर्साको एक कुखुरा फर्ममा बर्डफ्लु फेला परेपछि सो क्षेत्रलाई सिलबन्दी गरिएको पर्साका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्रब १५ भेडीयाही मा सञ्चालित एक कुखुरा फर्ममा ठूलो संख्यामा कुखुराहरुमा बर्डफ्लू फेला परेका पुष्टि भएको छ ।

स्थानीय सागिर अन्सारीले सञ्चालन गरेको उक्त कुखुरा फर्ममा रहेका १९ सय वटा कुखुरा बर्डफ्लू संक्रमणका कारण मृत्यू भएको पर्सा प्रहरीका प्रवक्ता खनालले बताए ।

ठूलो संख्यामा कुखुराहरुमा बर्डफ्लू देखिएपछि फर्ममा रहेका अन्य कुखुरा र अन्य वस्तुहरुलाई समेत नष्ट गरिएको जनाइएको छ ।
उनले जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साबाट पशु डा. हरेराम यादवको नेतृत्वमा फर्ममा रहेका जिउदो ३० वटा कुखुरा, २ हजार पिस अण्डा, ३ सय केजी दाना, ३ हजार थान अण्डाको खाली क्रेट र बर्ड फ्लूका कारण आफै मरेको बताए ।

उनले जानकारी दिए अुनसार १९ सय वटा कुखुरा खाल्डोमा पुरेर नष्ट गरिएको छ ।

सो कुखुराहरु नष्ट गरेपछि फर्मलाई सिल पनि गरिएको छ । अन्य कुखुरा फर्महरुको पनि अनुगमन र परिक्षण गर्ने तयारी भइरहेको पर्सा प्रहरीले जनाएको छ ।