जनकपुर, फागुन २८
नेपाली काँग्रेस धनुषाको नयाँ नेतृत्वका लागि भएको दोस्रो चरण मतगणना सुरु भएको छ ।
दोश्रो चरणको मतगणना अनुसार पूर्वउपसभापति विमलेन्द्र निधि समुहका सभापति उम्मेदवार योगेन्द्र पँजियार अग्रस्थानमा रहेका छन् ।
दोश्रो चरणको निर्वाचनमा २ हजार ८१४ मतदान सम्पन्न भएको थियो ।
पूर्व उपसभापति विमलेन्द्र निधि समुहबाट सभापति उम्मेदवारी रहेका क्षीरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख पँजियार ३० मतान्तरले अग्रस्थानमा छन् ।
सुरुवाती चरणमा धनुषाको क्षेत्र नम्बर ४ को मतपरिणाम सार्वजनिक भएको हो । निर्वाचन समितिले दिएको जानकारी अनुसार पँजियारले ३०२ मत, सभापति शेरबहादुर देउवा समुहका उम्मेदवार सन्तोष यादव ः२७२ मत प्राप्त गरेका छन् भने ५ वटा मत बदर भएको निर्वाचन समितिका निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए । क्षेत्र नम्बर ४ मा ७०९ मतदाता रहेपनि ५७९ मतदान भएको निर्वाचन अधिकृत ज्ञवालीले बताए ।
अब धनुषाको क्षेत्र नम्बर ३ को मतगणना हुँदैछ ।
शुक्रबार जनकपुरधाम स्थित तिरहुतिया गाछी स्थित भएको मतदानमा कुल ३ हजार १७३ प्रतिनिधि मतदाता रहेकोमा ३५९ मत कम मतदान भएको थियो ।
धनुषा क्षेत्र नम्बर १ मा ८०१ मतदाता मध्ये ६७१, क्षेत्र नम्बर २ मा ८३० मध्ये ६९६, क्षेत्र नम्बर ३ मा कुल मतदाता ७१० मध्ये ६३४ र क्षेत्र नम्बर ४ मा कुल मतदाता ७०९ मध्ये ५७९ र अपांग समूहबाट २३५ मत खसेको उनले बताए ।
यसअघि सोमबार भएको पहिलो चरणको निर्वाचनमा २ हजार ९१२ मत खसेको थियो ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको हो । पहिलो चरणको मतपरिणाममा सभापतिका उम्मेदवार योगेन्द्र पँजियार १ हजार २४८ मत ल्याउँदै अग्रस्थानमा थिए ।
दोश्रो चरणको निर्वाचन हुनु अघि नै शेखर कोइराला समुहका उम्मेदवार दिनेशप्रसाद यादव प्रसैलाले नेता विमलेन्द्र निधिको समुहका उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गरेको थियो ।