रौतहट, फागुन २८

रौतहटको चन्द्रनिगाहपुर गौर सडकखण्डमा फेला परेको शंकास्पद वस्तु रहेको पुष्टि भएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका मोथियाही स्थित राजमार्गको बीचमा टालोले बेरेर राखिएको अवस्थामा शंकास्पद वस्तु बेरिएको इटा फेला परेपछि बिहान ६ बजेदेखि ९ बजेसम्म सवारी आगमन अवरुद्ध भएको थियो । बिहानैदेखि सुरक्षाकर्मीले सो सडकखण्डलाई नियन्त्रणमा लिएर आवतजावत बन्द गरेका थिए ।

राजमार्ग भएर गुड्ने सवारीहरूलाई बेतौना हुँदै डाइभर्सन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख ज्ञानबहादुर माझीले बताए ।

गौरबाट बिहान १० बजे घटनास्थल पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु ईंटा भएको पुष्टि गरेको रौतहटका प्रहरी उपरीक्षक बिनोद घिमिरेले बताए ।