जनकपुर, फागुन २८

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित मुसहर बस्तीमा सार्वजनिक दलित दलान निर्माण गरिएको छ ।

No description available.

शनिबार जनकपुरधाममा एक कार्यक्रम वीच जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष जानकीराम साहले सो मुसहर वस्तीका लागि निर्माण गरिएको ‘दलित दलान’ कोे उद्घाटन गरेका हुन् ।

२ कट्ठा १० धुर क्षेत्रफल रहेको जमिनमा दलानसँगै धर्मशाला पनि बनाइएको जनकपुरधाम वडा नम्बर ७ का वडाअध्यक्ष जानकीराम साहले बताए ।

No description available.

सो ठाउँमा पछि एउटा ठूलो हल निर्माण गरिने र आवश्यक्ताअनुसार पछि कोठा थप्दै जाने योजना रहेको वडाअध्यक्ष साहले बताए ।
दलित बस्तीमा दलान बनाउने आफ्नो पुरानो सपना रहेको बताउँदै साहले उक्त जमिन गुठीको भएको र जमिनमा भूमाफियाको नजर रहेका कारण दलान निर्माणका लागि सोही जमिन छनोट गरिएको उनले स्पष्ट पारे ।

दलान निर्माणका लागि वडा कार्यालयले आफ्नै १५ लाख रुपैयाँ बजेटमा काम गरेको उनले बताए ।

No description available.

वडाअध्यक्ष साहले दलित उत्थानको निम्ति काम गर्ने क्रममा आज दिनाभद्री टोल, जनकपुरधाम–७ मा वडा कार्यालयको बजेटबाट निर्माण भएको दलित दलान (सामुदायीक भवन) को आज उद्घाटन गर्दा निकै हर्षित भएको बताए ।

पहिल सो वस्तीलाई मुसहरी टोल भनिन्थ्यो, तर आजबाट यस टोलको नाम ‘दिनाभद्री’ टोल नामाकरण गरिएको उनले बताए ।
धर्मशाला र शौचालय निर्माणले गर्दा टोलका बासिन्दा निकै खुसी छन् । सो क्षेत्रमा बाढीग्रस्त समेत रहेका कारणले यस दलानको सदुपयोग हुनेमा जनकपुरधाम वडा नम्बर ३ का वडाअध्यक्ष दिपेन्द्र साहले बताए ।

उनले भने,‘दिनाभद्री मुसहर समुदायको कुल देवता छन्, उनकै नाममा यस टोलको नाम दिनाभद्री राखेका छौं ।’

No description available.

यसअघि सोही स्थानमा नेपाली सेनाले २ लाख ३० हजारको लागतमा शौचालय निर्माण गरी उद्घाटन समेत गरेको थियो ।

यस कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य रिंकु मिश्र गायत्री, जनकपुरधाम वडा नम्बर–९ का वडाअध्यक्ष परमेश्वर साह, कार्यपालिका सदस्य सुनिता देवी राउत, शंकर मिश्र, सरोज मल्लिकलगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

No description available.

No description available.