जनकपुर, फागुन २९
धनुषा काँग्रेसको अधिवेशन अन्तर्गतको निर्वाचन परिणाम सार्वजनिक भएको छ ।
नेपाली कांग्रेस धनुषा सभापति पदको निर्वाचन परिणाम सार्वजनिक भएसंगै अन्य पदाधिकारी सहितकाहरुको समेत मतपरिणाम सार्वजनिक भएको हो ।
मतपरिणाम सार्वजनिकसंगै सभापतिसहित अन्य पदाधिकारीहरुमा पनि नेता विमलेन्द्र निधि समूहका उम्मेदवारहरु निर्वाचित भएका छन् ।
१४औं अधिवेशन अन्तर्गत धनुषा जिल्लाको सम्पन्न मतगणनामा निधि समुहको तर्फबाट सभापतिमा योगेन्द्र पँजियार यसअघि नै निर्वाचित भइसकेका छन् । भने उपसभापतिद्वय गणेश झा र लक्ष्मी नारायण यादव निर्वाचित भएका छन् ।
त्यस्तै सचिव पदमा भने निधि समूहकै कन्हैया कुमार कर्ण र देबेन्द्र कुमार भरखेर निर्वाचित भएका छन् ।
त्यस्तै, सह–सचिवमा पनि निधि समूहकै विजय कुमार यादवले १ हजार ४०७ र मो.साकिर राईनले १ हजार ७८ मत प्राप्त गरि जित हासिल गरेका छन् ।
पदाधिकारीमा सबैभन्दा बढी मत सहसचिव वियकुमार यादवले मत प्राप्त गरेका छन् ।
गत शुक्रबार भएको दोस्रो चरणको मतदानमा संस्थापन पक्षका उम्मेदवार सन्तोष यादवलाई ६८९ मतान्तरले पराजित गर्दै पजियार जिल्ला सभापति निर्वाचित भएका थिए ।