
जनकपुर, फागुन २९
मधेश प्रदेश सरकारले मनोमानी ढंगले राम्रो भन्दा हाम्रोलाई प्राथमिकता दिँदा हाईसञ्चो उत्पन्न भएको छ ।
मधेश सरकारले निकालेको विज्ञापनको आधारमा कम योग्यता भएका व्यक्तिलाई करारमा राखिएको भन्दै मधेश सरकार सहितकालाई विपक्षी बनाएर उत्प्रेष परमादेश जारी गरि पाउँ भनी अदालतमा मुद्दा दर्ता गरिएको छ ।
मधेश सरकारले आफ्ना आसेपासे तथा नातागोतालाई मध्यनजर गर्दै अयोग्य व्यक्तिलाई वैद्य पदको करारमा नियुक्ति गर्दा मधेश प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, जनकपुर आयुर्वेद औषधालय, औषधालय प्रमुख र नियुक्त गरिएका तीनजना सहित लगायत ६ जना विरूद्ध मुद्दा दायर गरिएको हो ।
अयोग्य व्यक्तिसंग घुस लिएर करारको जागिर मधेश सरकारले दिएको भन्दै अदालतमा मुद्दा
दर्ता गरिएको निवेदकले जनाएको छ ।
पुरनमल्ल ठाकुर र रामप्रवेश मण्डलले उच्च अदालत जनकपुरमा मुद्दा दिएका छन् ।
उनीहरुले दिएको मुद्दामा विपक्षीहरूलाई छलफलका लागि फागुन ३० गते हाजिर हुन पेशी तोकेको छ ।
आर्युवेद चिकित्सा अन्तर्गत बिएमएमएस अध्ययन गरेकाहरुलाई बेवास्ता गरि मन्त्रालय र आयुर्वेद औषधालयले पैसाको चलखेल गरेर कम योग्यता भएका आवेदकलाई करारमा नियुक्त गरिएकोले मुद्दा दर्ता गराउनु परेको निवेदकहरुले उल्लेख गरेका छन् ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकु प्रदेश तहको कार्यक्रम अन्तर्गत जनकपुर आयुर्वेद औषधालयले नागरिक आरोग्य सेवा केन्द्रका लागि करार नियुक्त गर्ने भनी वैद्य पदमा गएको माघ २५ मा विज्ञापन प्रकाशित गरिएको थियो ।