जनकपुर, फागुन ३०
इन्जिनियर्स एसोसिएसन निर्वाचनको मतगणनामा निर्वाचन समितिले मनोमानी गर्दै धाँधली गर्न खोजेको उम्मेदवारले आरोप लगाएका छन् ।
विभिन्न पटक स्थगित हुँदै आएको नेपाल इन्जिनियर्स एसोसिएसनको ३३ औँ कार्यकारिणी तथा दोस्रो प्रादेशिक कार्यसमितिको नयाँ नेतृत्वका लागि शुक्रबार सम्पन्न निर्वाचन शुक्रबार सम्पन्न भएपनि अझैसम्म पनि मतगणना आउन नसकेपछि यस्तो आरोप लगाएको हो ।
मधेश प्रदेशको दुई स्थानमा भएको इन्जिनियरहरुको निर्वाचनको मतपरिणाम आएपनि जनकपुरधाममा भईरहेको मतगणना सुस्त गतिमा मनोमानी तरिकाले भईरहेको भन्दै उम्मेदवारहरुले आपत्ति जनाउन थालेका छन् ।
मतगणनाको क्रममा ढिला गरि प्रतिनिधि छनोट गर्दापनि निर्वाचन समितिले शनिबार देखि मतगणना गरेको भन्दै नन्पलिकल समुहबाट मधेश प्रदेशका अध्यक्ष पदका आकांक्षी उम्मेदवार रहेका गौरी पण्डितले निर्वाचन समितिले मनोमानी ढंगले सुस्त गतिमा मतगणना गरिरहेको आरोप लगाए ।
शुक्रबार राति ११ बजेदेखि मतगणना सुरु भई छ सय मत गन्दा आफ्नो समुह अधिकांश पदमा अग्रस्थानमा रहेकाले ढिलासुस्ती ढंगले मतगणना गर्ने गरेको, प्रतिनिधिलाई जतिबेला पनि बाहिर निकाल्ने गरेकोलगायतका आरोप लगाउँदै उनले भने, मतपेटिका खोलिसकेपछि मतगणनालाई तिव्रता नदिएको तथा प्रतिनिधिलाई जुनसुकैबेला बाहिर निकाल्दिने गरेकाले मतगणनामा धाँधली हुन्छ ।’
मधेस प्रदेश समितिमा कुल २ हजार १९९ मतदातामध्ये शुक्रबार १ हजार ८ जनाले मतदान भएको थियो भने वीरगञ्जस्थित बुथमा ३२० जनाले मतदान गरेको थियो । वीरगञ्ज च्याप्टरमा कुल ५७० मतदाता छन् ।
यता निर्वाचन समितिले भने कुनैपनि प्रतिक्रिया दिन चाहेनन् ।