
जनकपुर, फागुन ३०
डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डिन) को सातौं जिल्ला अधिवेशनबाट गुदरी यादव निर्वाचित भएको छ ।
धनुषाको सातौं जिल्ला अधिवेशनबाट गुदरी यादवको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
त्यस्तै उपाध्यक्षमा सुशिल अधिकारी, सचिवमा रुपेश रोशन सिंह, सह–सचिवमा लालबाबु ठाकुर र कोषाध्यक्षमा सचिता कुमारी यादव निर्वाचित भएको जनाइएको छ ।
त्यसैगरी सदस्यहरुमा कमलेश प्रसाद यादव, बब्लु साह, इश्वर प्रसाद साह, पंकज कुमार दास, विशाल झा र सरिता कुमारी महतोलाई सर्वसम्मतरुपमा निर्वाचित भएका छन् ।
एसोसिएसनका केन्द्रीय अध्यक्ष कामेश्वर प्रसाद सिंहको प्रमुख आतिथ्यमा भएको एक कार्यक्रममा प्रदेश कमिटीका सुरेश साह, बिनोद झा, अमरेन्द्र देब, मिथिला राय, ज्ञानेन्द्र कुमार देबसहितकाहरुको रोहबरमा जिल्ला अधिवेशन सम्पन्न भएको थियो ।