
जनकपुर, फागुन ३०
जनकपुरधामबाट मोटरसाइकल चोरको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर २ का २० वर्षीय अर्जुन यादव र १९ वर्षीय दिपेन्द्र यादव रहेको धनुषा प्रहरीले जनाएका छन् ।
शनिवार राति करिब ११ बजे जिल्ला प्रहरी कार्यालयबाट खटेको गस्ती टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ महाविर चोक स्थितबाट दुबैजनालाई शंकाको आधारमा सोधपुछ तथा अनुसन्धान गर्दा मोटरसाइकल चोरी गरेर भाग्दै गरेको खुलेको धनुषा प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताए ।
प्रदेश २–०३–००९ प २९२६ नम्बरको सुपर स्पलेणडर मोटरसाईकल र बा ९६ प ९७८० नम्बरको मोटरसाईकल महाविर चोक स्थित भित्र गल्लीमा पार्किङ गरेको अवस्थामा रहेकोमा दुबैजनाले चोरी गरेर भाग्दै थिए ।
दुबैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई चोरी सम्बन्धी मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जनाइएको छ ।