जनकपुर, चैत्र १

आउँदो वैशाखमा विद्यालयहरुले विद्यार्थीका सबै प्रकारका परीक्षाहरू लिएर वैशाखमै नजिता प्रकाशन गर्नुपर्ने भएको छ ।

चैत्रभर पठनपाठनलाई जारी राख्नुपर्ने भन्दै शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले जनाएको छ ।

एसईई परीक्षा वैशाख ९ गतेदेखि सञ्चालन हुनेछ । स्थानीय तहहरूले कक्षा ८ को परीक्षा पनि वैशाखमै लिनुपर्ने केन्द्रको स्पष्ट पारेको छ ।

‘शैक्षिक सत्र ०७८ को चैत मसान्तसम्मको पूरै अवधि विद्यालयले नियमित रूपमा पठनपाठन सञ्चालन गर्नुपर्नेछ,’ केन्द्रले निकालेको सूचनामा भनिएको छ, ‘विद्यालयले लिने कक्षा १० सम्मका सबै प्रकारका परीक्षाहरू वैशाखमा लिईसक्नुपर्ने र नतिजा प्रकाशनको कामसमेत वैशाखसम्ममा सक्नुपर्छ ।’

यससंगै नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान समेत वैशाखमै सुरू गर्नुपर्नेछ । भने जेठ १ गतेदेखि नियमित पठनपाठन सुरू गर्न केन्द्रले निर्देशन दिएको छ ।