जनकपुर, चैत्र १
कुनै समय नेपाली कांग्रेसको सहसचिव महेन्द्र यादवको विश्वास पात्र रहेका विजय कुमार यादव विमलेन्द्र निधिको समूहबाट नेपाली कांग्रेस धनुषाको सहसचिव पदमा निर्वाचित भए ।
लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ४ का विजय महेन्द्रको साथ छाडेर निधि समूहबाट सहसचिव पदमा सर्वाधिक मत ल्याएर सहसचिवमा निर्वाचित भए । उनले कुल खसेको मतमध्ये १ हजार ४ सय ७ मत ल्याएका थिए ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको पूर्वसम्म विजय काँग्रेसको वर्तमान केन्द्रिय सहसचिवसंगै हरेक निर्णयमा साथ दिँदै अडिग रहेर उभिए ।
तर धनुषा जिल्लाको अधिवेशनसम्म आइपुग्दा विजयलाई महेन्द्रको साथ छोडेर निधि समूहको साथ समाउनु पर्यो ।
यसको मूल कारण थियो जिल्ला सभापतिमा निधि समूहबाट निर्वाचित भएका योगेन्द्र पजियारको उम्मेदवारी घोषणा ।
वियज भन्छन् ‘पजियार जिल्ला सभापतिमा उम्मेदवारी दिने मनस्थिति नबनाएकै समयमा मैले नै उनी जिल्ला सभापतिका लागि उम्मेदवारी गर्नु पर्छ भन्ने लबिंग गरेको थिए ।’ तर महाविधेशनको समूहमा नेता महेन्द्र यादव र निधिको समूह अलग भयो अगाडी भने ‘त्यसपछि मलाई संतोष यादव वा योगेन्द्र पजियार मध्ये कुनै एकलाई चुनाव गर्ने परस्थितिको श्रृजना भयो ।’
मलाई नैतिक रुपमा पजियारलाई नै समर्थन गर्नुपर्ने थियो त्यसैले नैतिक रुपमै पजियारलाई समर्थन गरेको विजयको भनाई छ ।
विजयलाई कांग्रेस संगठन निर्माण खेलेको भूमिकालाई देखेर पजियारले फेरी विजयलाई नै सहसचिवमा उम्मेदवारी दिन सुझाव दिए । र विजयले सर्वाधिक मत ल्याएर विजयी पनि भए ।
कम्प्युटर इन्जिनियरिंग अध्ययन गरेका विजयले आफ्नो परिवारको राजनीतिक माहौल देखेर राजनीतिप्रति बच्चैदेखि प्रेरित थिए । कम्प्युटर इन्जिनियरिंग अध्ययन गरेर फर्के लगत्तै सन राजनीतिमा लागे ।
उनी सन २००९मा उनी तरुण दलका सदस्य भए । १३औँ महाधिवेशनमा सर्वाधिक मत ल्याएर धनुषाको क्षेत्र नम्बर ४ को क्षेत्रिय सदस्यमा निर्वाचित भएका थिए ।