भक्तपुर, चैत्र १
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेश सरकारले बेटीको नाममा साईकल पचाउको काम गरिहेको आरोप लगाएका छन् ।
मंगलबार भक्तपुर स्थित पर्सा–काठमाण्डौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले नारा र व्यवहार फरक रहेको भन्दै कटाक्ष गरेका हुन् ।
उनले मधेश प्रदेश सरकारको नारामा ‘बेटी बढाउ, बेटी बचाउ’ रहे पनि व्यवहार साइकल पचाउ रहेको आरोप लगाए ।
उनले भने, ‘नारा लगाउँदा ‘बेटी बढाउ, बेटी बचाउ’ भन्ने । व्यवहारमा साइकल पचाउ काम । तपाइँहरुको प्रदेश २ को आकर्षक नारा सुन्नुभयो होला ।’ उनले अघि थप्दैँ भने, ‘बेटी बढाउ, बेटी बचाउ’ नारा लिएको मधेश प्रदेश सरकारले छात्रालाई साइकल बाँडेको थियो ।’
मधेश प्रदेश पर्यटकको हिसाव एकदमै राम्रो रहेको भन्दै उनले सुनकोसी डाइभर्सन बनेपछि यस क्षेत्रको सिँचाइ सुविधा पुग्ने बताए ।