
मुलुकले प्राप्त गरेको उपलब्धीको रक्षा गुर्न अपरिहार्यः नेता मातृकाप्रसाद यादव
बारा, चैत १
मधेस प्रदेश सरकारले जनयुद्धका सहिदका परिवारजनलाई नगद हस्तान्तरणको कार्यक्रमलाई निरन्तरता दिएको छ ।
मंगलबार बाराको सिमरामा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गतको मधेसी सहिद प्रतिष्ठानले बाराका ६० जना सहिदहरूका परिवारलाई सम्मानसहित एक लाख रुपैयाँको चेक प्रदान गरेको हो ।
पूर्व मन्त्री मातृकाप्रसाद यादव र मधेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले दोसल्ला ओढाउँदै प्रशंसा पत्रले सम्मान सहित जनही सहिद परिवारहरूलाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
पूर्वमन्त्री मातृकाप्रसाद यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासहित हरेक वर्ग, लिंग, क्षेत्रीय, उत्पीडित वर्गसहितकालागि भएको व्यवस्थासहितको उपलब्धिहरू जनयुद्धका सहिदहरूकै देन भएकाले सहिदका परिवारजनहरूले गर्व गर्नुपर्ने बताए ।
उनले मुलुकले प्राप्त गरेका विभिन्न उपलब्धीहरुको रक्षा गर्नु आजको अपरिहार्यता रहेको बताए ।