जनकपुर, चैत २
मिथिलाको कला, संस्कृति, धार्मिक परम्परा, पर्यटनीय नगरी र जनजिवन सहितको उत्पादनको संरक्षण, संवद्र्धन, प्रर्वद्वन तथा विकासको उद्देश्य सहित जनकपुरधाममा श्री मिथिला महोत्सवको आयोजना हुने भएको छ ।
बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा श्री मिथिला महोत्सव यही चैत २४ देखि चैत ३० सम्म सात दिवसीयरुपमा आयोजना हुने पिक्सेलका अध्यक्ष पवनराज जोशीले जानकारी दिए ।
आयोजना हुन लागेको श्री मिथिला महोत्सवमा कला संस्कृति, दंगल, सात दिवसीयसम्म भारत, नेपाल तथा मिथिला क्षेत्रका चर्चित स्थानीय कलाकार एवं गायक गायिकीहरुले समेत प्रस्तुत गर्नेलगायत अन्य झुला तामासा सहित मनोरञ्जनात्मकसहित कार्यक्रमहरु हुने अध्यक्ष जोशीले बताए ।
यस महोत्सवमा कला संस्कृतिसंगै मिथिलाको जनजिविकासंगै विभिन्न खाद्याँन्न देखि कला सीपसहितका सामग्रीहरु समेत प्रदर्शनी गरिने छ ।
एक दिनमा चार हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने र सोको लागि प्रति व्यक्ति ३० रुपैयाँको दरले शुल्क निर्धारण गरिएको अध्यक्ष जोशीले बताए ।
यस महोत्सवमा नेपाली कलाकारहरुमा संदीप क्षेत्री, शिव परियार, सुगम पोखरेल, कमल खत्री, अनिल सिंह, प्रमोद खरेल, सुनिल पण्डित सहित मिथिला नाट्य कला परिषदका कालाकारहरु र विवेक खतिवडासहितकाले नाचगान प्रस्तुत गरिने अयोजकले जनाएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघका समन्वयमा हुन गइरहेको महोत्सवमा जनकपुरधामका ठुला, मझौला तथा साना उद्योगलगायतकाले उत्पादन गरेका विभन्न सरसामग्रीहरुको समेत स्टलमा राखिने र सोको प्रदर्शनी हुने जउवासंघका अध्यक्ष जितेन्द्र महासेठले बताए ।
जनकपुरधामको बाह«विघा मैदानमा हुने यस महोत्सवमा करिब ९४ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।