जनकपुर, चैत्र २

जनकपुरधाममा दुई दिनसम्म माँस तथा मदिराको विक्रिवितरणमा जिल्ला प्रशासन कार्यालय धनुषाले निषेध गरेको छ ।

मिथिला मध्यमा परिक्रमा क्रममा दुई दिनसम्म जनकपुरधाममा माँस तथा मदिराको विक्रि वितरण र सेवनमा निषेध गरिएको जनाएको छ ।

चैत ३ र चैत ४ गने सूर्योदयदेखि सूर्यास्तसम्मका लागि जनकपुरधाम क्षेत्रमा माँसमदिरा विक्रिवितरण तथा सेवन निषेधित गरेको जनाएको छ ।
चैत ३ मा परिक्रमावासीहरु जनकपुरधाम फर्कने र चैत ४ मा अन्तःगृह परिक्रमा हुन्छ । सो परिक्रमालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले यस्तो जारी गरेको छ ।

होली पर्व मनाउने नाममा जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, बाटो अवरोध गरी सवारीसाधानबाट रकम असुल्नेजस्ता कार्य नगर्न पनि सचेत गराएको छ ।

लागुऔषध, मदिरा, भांग अन्य उत्तेजक पदार्थ खाई सवारीसाधान चलाउन, हुलहुज्जत गर्न र चर्को स्वरमा बाजा बजाउन तथा डिजे सञ्चालन गर्न समेत प्रतिबन्ध लगाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

जारी गरिएको सूचना उल्लंघन गरेमा प्रचलित कानुन बमोजिम कारवाही गरिने उनले स्पष्ट पारे ।