सिरहा, चैत २
जिल्ला प्रशासन कार्यालय सिरहामा कार्यरत्त रहेका दुई जना कर्मचारीलाई बर्खास्तमा परेका छन् ।
बुधबार सिरहा स्थित जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीलाई अनेक बहानामा दुःख दिने काम गरेको भन्दै राष्ट्रिय परिचयपत्र फाँटमा कार्यरत्त कम्यूटर अपरेटर अंकित भट्टराई र नागरिकता फाँटमा कार्यरत रेणु मण्डल कारवाहीमा परेका हुन् ।
करारमा कार्यरत उनी दुबै जनालाई प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले निष्काशन गरेका छन् ।
दलालहरुसँग मिलेर कर्मचारीहरुले सेवाग्राहीलाई दुःख दिने गरेको गुनासोपछि प्रमुख जिल्ला अधिकारी कवारीले फाँटहरुको अनुगमन गरेका थिए । सो क्रममा करारका दुबै कर्मचारीलाई जागिरबाट निष्काशन गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी कवारीले सेवाग्राहीको काम सहज रुपमा नगर्ने गुनासाबारे छानविन हुने र दोषी ठहर हुने अन्य कर्मचारीमाथि पनि कारबाही गर्ने चेतावनी दिएका छन् ।