जनकपुर, चैत ३

धनुषा काँग्रेसले क्षेत्र नम्बर ३ मा सर्वसम्मतरुपमा रित्त रहेको पदमा एक जनालाई मनोनित गरेका छन् ।

बिहीबार नगराईन नगरपालिकामा बसेको नेपाली काँग्रेस धनुषा क्षेत्र नम्बर ३ को बैठकबाट क्षेत्रीय कोषाध्यक्षमा धर्मेन्द्र कर्णलाई मनोनित गरेका हुन् ।

धनुषा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति धीरेन्द्रकुमार निधिको अध्यक्षतामा बसेको बैठकबाट कर्णलाई मनोनित गरिएको सभापति निधिले जानकारी दिए ।

नवनियूक्त कोषाध्यक्ष कर्णको कार्यकालको सफलताका लागि सभापति निधिले शुभकामना दिए ।