
जनकपुर, चैत ३
धनुषा प्रहरीले एक यूवकलाई अवैध लागूऔषध गाँजासहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका वडा नम्बर–१३ किरतपुर बस्ने ३२ वर्षीय सन्तोष कुमार यादव रहेका छन् । उनलाई करिब १० अवैध लागू औषध गाँजासहित धनुषा प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय यदुकुहाबाट गस्तिमा खटेको प्रहरी टोलीले शहिदनगर नगरपालिका वडा नम्बर–३ स्थित यदुकूहा–जनकपुर पक्की सडक खण्डबाट यादवलाई पक्राउ गरेको छ ।
आरोपित यादवमाथि शंका लाग्दा उनको शरीर खानतलासी गर्दा हाप पाईन्टको बायाँ साईडको खल्तीबाट नगद १ हजारको दरले नोट ३१ थान र ५ सयको दरले नोट २ थान गरी ३२ हजार र दाहिने साईडको खल्तीवाट मोवाईल १ थान तथा मोटरसाईकलको पछाडीपट्टी रबरले बाँधेर राखेको बोराभित्र लुकाई छिपाई गरी राखिएको अवस्थामा ९ किलो ७०० ग्राम लागूऔषध गाँजा फेला परेको धनषा प्रहरीका प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
लागूऔषधसहित पक्राउ परेका यादवलाई नियनत्रणमा लिई लागूऔषध मुद्दा शिर्षकमा धनुषा जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई थप अनसन्धान कार्य भईरहेको धनुषा प्रहरीका प्रहरी नायव उपरीक्षक समेत रहेका प्रवक्ता जितेन्द्र बस्नेतले बताए ।