अध्यक्षमा गौरी पण्डित, उपाध्यक्षममा कार्तिकेश झा र सचिवमा रामनारायण यादव

जनकपुर, चैत्र ३

नेपाल ईन्जिनियर्स एसोसिएसन मधेस प्रदेशमा मिश्रित परिणाम आएको छ । तर पदाधिकारीमा भने महिला अटाएनन् ।

विभिन्न विवादका कारण मतगणना प्रभावित हुँदै आएकाले ढिलाई गरि आएको परिणाममा अध्यक्षमा गैर राजनीतिक समूहका गौरी पण्डित निर्वाचित भएका छन् । उनी काँग्रेस निकट इन्जिनियर समुहका वागी उम्मेदवार हुन् ।

उनले कांग्रेस निकट सिडेनका उम्मेदवार श्याम किशोर यादवलाई ५२ मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन् । निर्वाचित पण्डितले ४०३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी यादवले ३५१ मत मात्रै पाएका थिए ।

जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका राजेश यादवले १७१ मत प्राप्त गरे । भने अध्यक्ष पदका अर्का उम्मेदवार दीपेन्द्रकुमार साहले २३७ र इन्द्रभूषण झाले ८१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा एकीकृत प्रगतिशील ईन्जिनियर्स समुहका उम्मेदवार कार्तिकेश झाले ३२४ मत ल्याएर निर्वाचित भए सचिवमा समुहकै रामनारायण यादवले ३७५ मत प्राप्त गरि निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै सहसचिवमा कांग्रेस निकटका इन्जिनियर रामईश्वर यादव ४२६ मत ल्याएर निर्वाचित भएका छन् भने कोषाध्यक्षमा गैर राजनीतिक समूहका तेजनारायण यादवले ४३० मत ल्याइ निर्वाचिन भएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी सदस्यहरुमा नेहा कर्णले ४९०, छितेश कुमार यादवले ४२८, अंचली ठाकुरले ३९६, प्रबीणकुमार यादवले ३८३, रबीकुमार साहले ३६७, प्रियांसु कुमार गुप्ताले ३६०, सुमी मिश्राले ३५२, रीताकुमारी यादवले ३५२, दीपककुमार मण्डलले ३४०, बिनिताकुमारी यादवले ३४० मत ल्याएका छन् ।

प्रदेशबाट केन्द्रीय सदस्यमा एकीकृत प्रगतिशील ईन्जिनियर समुहका सञ्जय कुमार यादव ४२१ मत ल्याएर निर्वाचित भएका छन् ।

एकीकृत प्रगतिशील ईन्जिनियर समुहको तर्फबाट एक महिलाले कोषाध्यक्ष पदमा अञ्जुकमारी यादवले उम्मेदवारी दिएकी थिइन् ।

पदाधिकारीमा ईन्जिनियर अञ्जु यादवले आँट गरेरै उम्मेदवारी दिएकी थिइन् । उनले उम्मेदवारी दिइने क्रममा पदाधिकारीमा पहिलोपटक महिला भएर उम्मेदवार दिँदै समावेशी समानुपातिक सहर्ष स्वीकार गर्न इन्जिनियर मतदातासंग आग्रह समेत गरेकी थिइने ।

तर पनि ईन्जिनियरहरुले भने समावेशी तथा समानुपातिक स्वीकार्न नसकेको आरोप पुष्टि भएको भन्दै इन्जिनियरहरु माँझ चर्चा चलेको छ ।