जनकपुर, चैत ४

मिथिलाको महाकुम्भ मानिने धार्मिक एवम् ऐतिहासिक १५ दिने मिथिला मध्यमा परिक्रमा अन्तर्गत जनकपुरधाममा अन्तःगृह परिक्रमा सुरु भएको छ ।

बिहीबार मध्यरातमै जनकपुरधामको अधिकांश चोकमा दाउरा, काठलाई एकत्रित गर्दै होलिकाको प्रतिक बनाई होलिकाको दहनसंगै अन्तःगृह परिक्रमा सुरु भएको हो । यस मिथिला मध्यमा परिक्रमाको अन्तिम परावको रुपमा रहेको जनकपुरधामको अन्तःगृह परिक्रमामा हजारौँ तिर्थालुहरु सहभागी भएका छन् ।

No description available.

जनकपुरधामको मिल्सएरिया, भानु चोक, कदम चोक, विशहरा चोक,विद्यापति मुरली चोक, विश्वकर्मा चोक, भप्सी चोकलगायत दर्जनौँ चोक चौडाहा र गल्ली हुँदै परिक्रमा गरिने विभिन्न स्थलमा दाउरा वा काठलाई जम्मा गरि आगो लगाइएको छ । सो लगाइएको आगोबाट खरानी निधारमा टिकाको रुपमा तिर्थालुहरुले दल्ने गरेका छन् ।

धनुषाको ठेराकचुरीबाट यात्रा सुरु गरेको परिक्रमाका यात्रीहरु जनकपुरधाम बिहिबार आईपुगेका थिए । परिक्रमामा नेपाल र भारतका विभिन्न स्थानका हजारौं साधुसन्त एवं श्रद्धालुहरुको सहभागिता रहेको छ । जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी अर्थात् भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला माध्यमा परिक्रमा विधिवत रुपमा सुरु भएको थियो ।

No description available.

नेपाल भारत दुबै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावको प्रतीक बनेको यस परिक्रमा यात्रामा नेपालको १३ तथा भारतको २ गरी जम्मा १५ वटा विश्रामस्थलहरु छन् ।

No description available.

मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई मध्यमा परिक्रमाका रुपमा मनाइँदै आएको हो ।

No description available.

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ । मिथिला महात्म्यका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमाको उल्लेख पाइन्छ । आज बिहान श्रद्धालुहरु अन्तगृह घुमेर परिक्रमालाई समापन गर्नेछन् ।

No description available.

No description available.

No description available.