जनकपुर, चैत्र ४

मिथिलाको महाकुम्भ मानिने धार्मिक तथा ऐतिहासिक १५ दिवसीय मिथिला मध्यमा परिक्रमा अन्तर्गत जनकपुरधाममा अन्तः गृह परिक्रमा हुँदै छ ।

विगतमा कोरोना महामारीले प्रभावित हुँदै आएको मिथिला मध्यमा परिक्रमामा यसपटक तीर्थालुहरुको ठूलो सहभागिता छ ।

No description available.

बिहीबार मध्यरातमै जनकपुरधामको अधिकांश चोकमा दाउरा, काठलाई एकत्रित गर्दै होलिकाको प्रतीक बनाएर दहनसँगै अन्तःगृह परिक्रमा सुरु भएको हो । यस मिथिला मध्यमा परिक्रमाको अन्तिम परावको रुपमा जनकपुरधामको अन्तःगृह परिक्रमामा हजारौं भक्तालुहरु सहभागी भएका छन् ।

No description available.

जनकपुरधामको मिल्सएरिया, भानु चोक, कदम चोक, विशहरा चोक, विद्यापति मुरली चोक, विश्वकर्मा चोक, भप्सी चोक, भ्रमरपुरा सडकलगायत दर्जनौँ चोक चौडाहामा परिक्रमा गरिने विभिन्न स्थलमा दाउरा वा काठलाई जम्मा गरि आगो लगाइ तीर्थालुले दर्शन गर्दै निधारमा टिकाटालो समेत गरिरहेका छन् ।

No description available.

खाली खुट्टा पैदल यात्रा गर्दै तिर्थालुहरु जनकपुरधामको पञ्चकोशी परिक्रमा समापन हुनेछ ।

No description available.

मिथिला मध्यमा परिक्रमा अन्तर्गतको अन्तःगृह अर्थात पञ्चकोशी परिक्रमा समापनसंगै शनिबार मिथिला क्षेत्रमा होली हुनेछ ।

No description available.

No description available.No description available.

No description available.

No description available.

No description available.

No description available.No description available.