न्यूज डेस्क

तराई मधेशमा तीनसम्म होली पर्व मनाइने गरिन्छ । जस अन्तर्गत शुक्रबार दोश्रो दिन मधेश प्रदेशको अधिकांश ठाउँमा धुमधामसाथ होली पर्व मनाइएको छ । भने शनिबार मिथिला मध्यमा परिक्रमावासीहरुले मनाउने छन् । तराई मधेशका जिल्लामा होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ ।

हिजो हिमाली र पहाडी जिल्लामा होली मनाइएको थियो । हिमाली पहाडी जिल्लामा र तराईका जिल्लामा एक दिनको फरकमा होली मनाउने चलन छ । तराई मधेसका जिल्लामा होलीलाई ‘होरी’ पनि भनिन्छ ।

May be an image of 7 people, people standing and outdoors

मधेशका पर्वते समुदायले हिजो नै पूर्णिमाका दिन होली मनाएका छन् भने मधेश प्रदेशका मूल मधेशी समुदायले पूर्णिमाको भोलिपल्ट अर्थात् फागुन कृष्ण प्रतिपदाको दिन होली मनाउने गर्छन् ।

मिथिला क्षेत्रमा मध्यमा परिक्रमाको जनकपुरधाममा गरिने अन्तःगृह परिक्रमा सम्पन्नपछि सोको अर्को दिन ‘होली’ मनाउने गरिन्छ ।
यसअनुसार हिजो जनकपुरधाम पुगेको परिक्रमा आज अन्तःगृह परिक्रमा गरेका छन् भने शनिबार होली मनाइने छ । यसरी मधेश प्रदेशमा लगातार तीन दिन होली पर्व मनाइने छ ।

May be an image of 11 people, people standing and outdoors

आपसी सद्भाव र सामाजिक एकताको सन्देश बोकेको तथा रङ र अबिरको पर्व होली तराई–मधेसमा आज (शुक्रबार) हर्षोल्लासपूर्वक मनाइँएको छ ।
तराई मधेशमा ‘होलिका दहन’ नभएसम्म कसैले कसैलाई रङ अबिर लगाउन नमिल्ने विश्वास गरिन्छ । होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड पनि हो । प्राचीन ग्रन्थमा यसको चर्चा वसन्त महोत्सव र काम महोत्सवका रूपमा गरिएको छ ।

No description available.

हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।

No description available.

मासूको मूल्य वृद्धि

होलीका कारण खसीको मासु किलो २०० बढेर प्रतिकिलो एक हजार २०० रुपैयाँसम्म पुगको छ । ब्रोइलर कुखुराको मासु ३८० रुपैयाँबाट प्रतिकिलो ४५० रुपैयाँसम्म पुगेको स्थानीय मासु पसलका संचालक मोहम्मद करियाले जानकारी दिए ।