
जनकपुर, चैत्र ५
धनुषामा बेग्ला बेग्लै भएको घटनामा दुईको मृत्यु भएको छ ।
एक जनाको करेन्ट लागेर मृत्यू भएको छ भने एक जना पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शनिवार दिउँसो करिब दुई बजे जनकपुरधाम उप महानगरपालिका वडा नम्बर ११ स्थ्ति लक्ष्मण अखडा बस्ने १२ वर्षीय कर्ण कुमार दासको अरगजा पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको थियो । दासलाई पोखरीमा डुबिरहेको देखेपछि स्थानियवासीहरुले देखेपछि उद्दार गरी प्रादेशिक अस्पताल जनकपुरमा लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।
त्यस्तै मुखियापटी मुसहरनिया गाउँपालिका वडा नं. ६ वैरियाका २६ वर्षीय ललित यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएका छन् ।
यादवले आफ्नै घरमा जडान गरेको मोटरको पानीले भैंसीलाई नुहाउने क्रममा मोटरबाट करेन्ट लागि घाईते भएकोमा उनलाई उपचारको लागि जानकी हेल्थकेयर जनकपुरमा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको धनुषाले प्रहरीले जनाएको छ ।