जलेश्वर, चैत्र ६
महोत्तरीमा बेग्ला बेग्लै घटनामा दुई जनाको मृत्यू भएको छ ।
एक जनाको पोखरीमा पौडी खेल्ने क्रममा मृत्यू भएको छ भने अर्का एक जनाको घास काट्ने क्रममा शंकाष्पद मृत्यू भएको हो ।
महोत्तरी गाउँपालिका वडा नम्बर ५ स्थित गौरीगामा गाउँमा पोखरीमा डुबेर बेहोस भएका एक युवकको गए राति उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय राकेश पासवान रहेको महोत्तरी प्रहरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
त्यस्तै महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर ३ स्थित बैरिया टोलमा मोति भनिने अब्दुल हुसेनले संचालन गर्दै आईरहेको कुखुरा फर्म नजिक रहुप साह फकिरले घाँस काटने क्रममा अचानक करेन्ट लागेर मृत्यू भएको जनाइएको छ ।
सो स्थानमा प्रहरी चौकी गैडाभेडपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट संयूक्तरुपमा प्रहरी टोली खटीई गई प्रारम्भिक मुचुल्का सम्पन्न पश्चात शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाईएको महोत्तरी प्रहरीले जनाएको छ ।
सो घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको महोत्तरी प्रहरीका प्रहरी नायब उपरीक्षक विष्टले बताए ।