जनकपुर, चैत्र ६

स्थानीय तहको निर्वाचन नजिकिएसंगै सिके राउत नेतृत्वको जनमत पार्टीले चुनावी केन्द्रित गतिविधिलाई अघि बढाएको छ । जनमतले यसका लागि चुनावी केन्द्रित गतिविधिलाई निरन्तरतासंगै किसान आन्दोलनलाई समेत यसैसाथ जोड्ने भएको जनाएको छ ।

सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको विस्तारित अनलाइन बैठकबाट बूथ–बूथ – मजबूत अभियानलाई हरेक स्थानीय तहसम्म अघि बढाउनका लागि जिम्मेवारी हेरफेर गरिएको जनमत पार्टीले जनाएको छ ।

May be an image of 11 people and text that says "Dr CK Raut Dr KRaut Arun Kumar Manda Parmeshworm nurmu Umesh Mandal Binod Kumar Yadav QATAR Redmi Bijay kumar jitendra k. yadav iraha सीताराम पटेल क.. jitendra yadav joya sheikh सीताराम पटेल कपिलवस्तु जिल.. narayan Lahotiya shekh Surya शुशिला यादव adav Jawahar Yadav( X Jawahar Yadav( Buddhi Majhi 7423350 OPPO A5s audh ry,Kat. Budheshwar maharaNRMA amLa yada ko... Yadav Chandeshwor Mar dal Participants Chat Thaneshwar Sah Record Reactions"

जनमत पाटी निकट जनमत प्रेस मञ्चका अध्यक्ष समेत रहेका जनमत पार्टीका नेता बिपी साहले बूथ–बूथ–मजबूत अभियानलाई पुनः हरेक स्थानीय तहमा नयाँ पर्यवेक्षक तोकेर जिम्मेबारी दिई अगाडि बढाउने निर्णय गरिएको जानकारी दिए ।

सो बैठकबाट आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीय पार्टीले आफ्नो अनुकुल गठबन्धन गर्न सकिने र केन्द्रबाट कुनै पनि दलसंग कुनैपनि किसिमको गठबन्धन नगर्ने उनले बताए ।

शनिबार जुम प्रविधिबाट सम्पन्न जनमतको केन्द्रीय समितिको बैठकले केन्द्रीयस्तरमै कुनै पनि दलसँग तत्काल गठबन्धन नगर्ने निर्णय गरेको भएको मञ्चका संयोजक साहले बताए ।

उनले स्थानीय तहको निर्वाच तथा मतगणना सम्पन्न नहुञ्जेलसम्म नेता तथा कार्यकर्तालाई सक्रिय भएर लाग्नसमेत निर्देशन दिएको बताए ।
त्यस्तै जनमतले स्थानीय तहको निर्वाचनमा पनि जनताको घर घरमा पुगेर किसान आन्दोलनलाई जारी राख्ने भएको छ ।

सो बैठकमा केन्द्र देखि मधेश प्रदेश सरकारसम्मले किसानको माग पुरा भईरहेको जनाएका छन् ।

ज्नमत पार्टीको बैठकमा सरकारले किसान कार्ड किसानलाई वितरणका लागि छलफल गरिरहेको, मलखाद्याको लागि समेत पहल भईरहेको, विद्युत निःशुल्क गर्नेलगायतका विषयवस्तुमाथि गृहकार्य अघि बढाएको प्रति खुसी समेत व्यक्त गरेका छन् ।

यद्यपी किसान आन्दोलन भने जारी नै रहने जनाएको छ ।