जनकपुर, चैत ६
नवगठित तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोप) पनि स्थानीय निर्वाचनमा भाग लिने भएको छ ।
निर्वाचन आयोगले साना दललाई चुनाव चिन्ह दिने विषयमा अलमलमा पारेपछि असन्तुष्ट बनेको तमलोपाले चुनाव चिन्ह पाएपछि स्थानीय तहको निर्वाचनमा मधेश प्रदेशमा भाग लिने जनाएको छ ।
स्थानीय तहको निर्वाचनको आन्तरिक तयारी थालेका तमलोपाले मधेश प्रदेशको ८ वटै जिल्लामा भाग लिने भन्दै विभिन्न जिल्ला स्थित निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् ।
निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि जिल्लाहरुमा दल दर्ता गराउनुपर्ने समयसीमा ६ चैतसम्म तोकेको थियो ।
तमलोपाले मधेस प्रदेको ८ वटै जिल्लामा दल दर्ता गराईसकेको केन्द्रीय सदस्य उमेश मण्डलले जानकारी दिए ।
तमलोपाका केन्द्रिय सदस्य उमेश मण्डलले भने, ‘स्थानीय तहको निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले तोकेको समयसीमा भित्रमै दल दर्ता गराईसकेकाले अब निर्वाचनका लागि स्थानीय तहसम्मैका पार्टीलाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिईसकेको छौँ ।’
राजनीतिक दलसम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानुन बमोजिमका प्रावधान पालना गर्ने सर्तमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम दल दर्ता गरिएको छ ।
केन्द्रिय सदस्य मण्डलले तमलोपाले कलश चुनाव चिन्हबाट स्थानीय तहको निर्वाचनमा भाग लिने सुनिश्चितता कायम भएको प्रति खुसीयाली समेत व्यक्त गरे ।
हालै अध्यक्ष महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अध्यक्ष वृषेशचन्द्र लालको नेतृत्वमा अलग भएर तमलोपा व्यूँताएको हो ।