मोरंग, चैत्र ७

मोरंगको लेटांगमा स्थानीय प्रशासनले कफर््युको आदेश जारी गरेको छ ।

विद्यार्थीमाथि यौन दुर्व्यवहार घटनासँगै भएको झडपमा एक प्रहरी जवानको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरंगले लेटांग नगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

मोरंगका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको जानकारी दिए ।
आइतबार भएको घटनाबाट थप क्षति हुन नदिनका लागि कर्फ्यु आदेश जारी गरेको जनाइएको छ ।

मोरंगका प्रजिअ दाहालले लेटांग नगरपालिकाको वडा नं. ३, ४, ५ र ६ का केही क्षेत्र सहित मोरगी खोलादेखि चिसांग खोलासम्मको भागमा कर्फ्यु लगाइएको छ ।

लेटांग नगरपालिका वडा नम्बर ५ स्थित खेरुवाको शिक्षा विकास माध्यमिक विद्यालयमा छात्रा माथि दुर्व्यवहार भएको घटनामा एक जना महिला प्रहरीको मृत्यु भएको थियो भने करिब २८ जना प्रहरी र विद्यार्थीहरू घाइते भएको थियो ।

यौन दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरी कार्यालय लैजाने क्रममा झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ ।