खोजवाणी संवाददाता

काठमाण्डौँ, चैत्र ७

जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि वरिष्ठ नेता अशोक राईको नेतृत्वमा उच्चस्तरीय स्थानीय चुनाव परिचालन मुलसमिति गठन गरेको छ ।

संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव र राई सम्मिलित जसपा मुख्यालय बैठकले राईको नेतृत्वमा २२ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।

वरिष्ठ नेता राई नेतृत्वको समितिले विभिन्न समिति तथा उपसमिति मार्फत निर्वाचन अभियानको व्यवस्थापन र नेतृत्व गर्ने संघीय परिषदका अध्यक्ष भट्टराई बताए ।