जनकपुर, चैत्र ७

नेपालका लागि ब्रिटिश राजदुत निकोला पोलिट्टले जनकपुरधाममा विभिन्न स्थलको अवलोकन तथा निरीक्षण गर्दै आफुले सक्दो सहयोग गर्ने वाचा गरेकी छिन् ।

No description available.सोबार ब्रिटिश राजदुत पोलिट्टले जनकपुरधाम स्थित मिथिला चित्रकलाको अवलोकन गर्दै नारीको विकास तथा आत्मनिर्भर बनाउनका लागि मिथिला चित्रकलाको बजारिकरण, व्यवसायीकरण एवं व्यवस्थापनको अपरिहार्य रहेको राजदुत पोलिट्टले भनिन् ।

उनले यसका लागि मिथिला चित्रकलाको प्रचारप्रसार आफुले सक्दो जति चाँडो गर्ने बताइन् ।

No description available.यहाँ काम गर्ने नारीहरु र नारी विकास केन्द्रलाई आत्मनिर्भर बनाउनका लागि पनि अग्रसर हुनुपर्ने उनले बताइन् ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता झाले महिलाहरुकै कारण मिथिला चित्रकला फस्टाएको बताइन् ।

No description available.त्यसैगरि जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले मिथिला चित्रकलाको व्यवसायीकरण तथा बजारिकरणका लागि पूर्वाधार निर्माण गर्नु आवश्यक रहेको बताए ।

No description available.राजदुत पोलिट्टले नारी विकास केन्द्रमा कार्यरत्त महिलाहरुसंग छलफल समेत गरिन् । उनीहरुको समस्या, चुनौती र कामको अनुभव बारे गम्भिरता साथ उनले सुनिन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.