जनकपुर, चैत्र ७

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलहरुले आफ्नो गतिविधिलाई तिव्रता दिएको छ । सो क्रममा नेकपा माओवादी केन्द्रले मधेश प्रदेशले जनकपुरधाममा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम गर्दै छ ।

मंगलबार हुन लागेको मधेश प्रदेश स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रमलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएको छ ।

मधेश प्रदेशको जनकपुरधाममा पहिलो पटक गर्न लागेको प्रशिक्षण कार्यक्रममा करिब २ हजार ५ सय जना नेता तथा कार्यकर्ताहरुको सहभागिता रह्ने माओवादी केन्द्र मधेश प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए ।

सो प्रशिक्षण कार्यक्रम जनकपुरधाम स्थित तिरहुतिया गाछीमा हुने उनले बताए ।

यस प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रको मधेश प्रदेशमा रहेका केन्द्रिय सदस्यहरु, प्रदेश समितिका प्रतिनिधिहरु, जिल्ला समितिका प्रतिनिधि, जनवर्गिय संगठनका प्रतिनिधिलगायतकाहरुको सहभागि रहने जनाइएको छ ।