काठमाण्डौँ, चैत्र ८
खोजवाणी संवाददाता
सांसदकी बुवा बम राखेको आरोपमा पक्राउ परेका छन् ।
नेकपा एमालेकी नेतृ समेत रहेकी सांसद नबिना लामाका बुबा बम राखेको आरोपमा पक्राउ परेका हुन् ।
लामाका बुबा मणिकलाई काठमाण्डौंको मनोहरा खोला नजिकै प्रेसर कुकर बम राख्ने कार्यमा संलग्न रहेको आरोपमा काठमाण्डाँै प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
एमसीसीको विरोधका क्रममा उनीसहितको टोलीले बम राखेको खुलेपछि पक्राउ गरेर कानुनी प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले बताए ।
उनीमाथि महानगरीय प्रहरी बृत्त बानेश्वरले अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमार्फत विष्फोटक पदार्थसम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ । आरोपित मणिकमाथि सोमबार थुनछेक बहस समेत भएको बताइएको छ ।