खोजवाणी संवाददाता

वीरगंज, चैत्र ८

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले लामो समय देखि पर्साको वीरगंज स्थित निजि निवासमा लगाइएको खानेपानीको धाराको रकम कहिल्यै पनि भुक्तानी तिर्दैनन् ।
वीरगंज स्थित निजि निवासमा रहेको खानेपानीको विल भुक्तानी समयमा नगरेपछि अहिले लाइन काटिने भएको छ ।

खानेपानी वापतको करिब डेढ लाख रुपैयाँ भन्दा बढी महसुल समयमा नतिरेपछि खानेपानी संस्थानले मुख्यमन्त्री लालबाबुको बुवाको नाममा पत्र समेत काटेका छन् ।

नेपाल खानेपानी संस्थान वीरगन्ज शाखाले मधेश प्रदेशका मुख्यमन्त्री लालबावु राउतको बुवाको नाममा रहेको वीरगंज स्थित तेजारथ टोलमा उनको निजि निवास छ ।

समयमा पानीको बिल अनुसारको भुक्तानी नदिएपछि लाइने काट्नेसहितको पत्र संस्थानका कार्यालय प्रमुख ईन्जिनियर निरण महर्जणले जानकारी दिए ।

खानेपानी संस्थान वीरगंजले एक सुचना जारी गर्दै खानेपानी संस्थानलाई तिर्नुपर्ने बक्यौता रकम नतिरेपछि कालो सुचिमा राखि लाइन काटिएको जनाइएको छ ।

मुख्यमन्त्रीका लालबाबुका बुवा दशरथ राउत गद्दीको नाममा रहेको खानेपानीमा कुल एक लाख ६३ हजार २ सय १६ रुपैयाँ बक्यौता रहेको कार्यालय प्रमुख महर्जनले बताए ।