सर्लाही, चैत्र ८

सर्लाहीमा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यू भएको छ ।

सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १० मा सोमबार राति जिपको ठक्करबाट एक जना पैदलयात्री मृत्यु भएको छ । भने ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा भारत घर भई हाल सर्लाहीको गोडैतास्थित माइतीमा बस्दै आएकी ४० वर्षिया रंजिता देबी मंण्डल रहेकी छिन् । उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा ६५ वर्षीया जयकलिया देवी मण्डल गम्भीर घाइते भएकी छिन् । उनको मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।

गएराति भारतीय नम्बरको जिपले पैदलयात्रीद्धयलाई एकैसाथ ठक्कर दिएको थियो ।

यता जिप सहित चालकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी गोडैताले जानकारी दिएको छ ।