एमाले जनविरोधीका कारण मधेशका जनताले न्याय पाएनन्

May be an image of 3 people, people standing and text that says "संसारका मजदूर एक लेनिनवाद करान्ताका नया माओवादी केन्द्र नेपाल कम्युनिष्ट मधेश प्रदेश स्तरीय पार्टी (माओवादी विजयी कार्यक्रम जक"जनकपुर, चैत्र ८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीले हारे देशले नै हार्ने जिकिर गरेका छन् । मंगलबार जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अरु पार्टीले हारेमा देशले नहार्ने टिप्पणीसमेत गरे ।

लामो संघर्षपछि भएको राजनीतिक परिवर्तनलाई उल्ट्याउने षडयन्त्र देशी–विदेशी प्रतिक्रियावादीबाट भइरहेको भन्दै उनले परिवर्तनको नायक भएका नाताले पनि आफूहरुले आगामी चुनाव हार्न नहुने उनको भनाइ थियो ।

यसका लागि आक्रामक ढंगले गएर प्रतिक्रियावादीविरुद्ध जनतालाई आन्दोलित र संगठित गर्नुपर्नेमा उनले जोड दिए । उनले कार्यकर्ताहरुलाई भने, ‘हाम्राविरुद्ध षड्यन्त्र गर्ने, धाँधली गर्न चाहनेलाई इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस् ।’

उनले देशमा राजनीतिक परिवर्तन आउनु अघि काठमाडौंका शासकले मधेसका जनतालाई जहिले पनि दोस्रो दर्जाका नागरिकको रुपमा हेर्ने गरेको बताएका छन् ।

May be an image of 3 people and people sittingअध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट त्यस्ता विभेदको रेखा कोर्ने राजा–महाराजालाई परास्त गरिएको बताए ।
प्रतिगमनविरुद्धको संघर्षमा मधेसले फेरि पनि अगुवा भूमिका खेलेको भन्दै उनले प्रशंसासमेत गरे ।

‘तपाईहरुले प्रतिगमनका विरुद्ध जिल्ला सदरमुकाम र गाउँगाउँमा गरेका पहलकदमीमात्र होइन, मधेसबाट काठमाडौंका सडकमा गएर देशभरि सन्देश दिने भूमिका निर्वाह गरेकोमा तपाईहरु सबै धन्यवादका पात्र हुनुहुन्छ ।’ अहिले नेकपा माओवादी केन्द्र रुपान्तरण र क्रान्तिकारी विचार विकासको चरणमा प्रवेश गरेको उनले बताए ।

May be an image of one or more people, people standing, crowd and outdoors

प्रक्रियामा पनि मधेसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास थियो । समाजवादी क्रान्तिको अगुवाई मधेसले नै गर्ने उनले प्रस्ट पारे ।

तराई मधेस रणनैतिक, भौगोलिक उपस्थितिको हिसाबले पनि धेरै महत्वपूर्ण रहेको भन्दै उनले नेपालको राष्ट्रिय एकता र राष्ट्रिय स्वाधिनता, नेपालको भौगोलिक अखण्डताको रक्षामा पनि पहरेदार भएर उभिएको प्रचण्डले बताए ।

उनले क्रान्तिकारी परिवर्तनविरुद्व प्रतिक्रान्तिकारीले षडयन्त्र गर्दै आएको भन्दै मधेसले जहिले पनि त्यस्ता षडयन्त्रलाई परास्त गरेको बताएका छन् । उनले प्रतिक्रान्तिकारीहरुकै षडयन्त्रका कारण संविधानसभाको दोस्रो निर्वाचनअघि माओवादी पार्टी विभाजित भएको बताए ।

त्यस्तो अवस्थामा २०७० सालको निर्वाचनमा आफूले काठमाडौं र सिरहा गरी दुई स्थानबाट चुनाव लडेको चर्चा गर्दै उनले काठमाडौंबाट आफू पराजित भए पनि मधेसकै सिरहाबाट भने विजयी भएर दोस्रो पटक प्रधानमन्त्री हुने अवसरसमेत मिलेको बताए ।

May be an image of one or more people, people standing, outdoors and crowd

उनले १२ बुँदे समझदारी र शान्तिसम्झौतामा आउँदा नआउँदै मधेस क्रान्तिकारी कम्युनिस्टमय अर्थात् माओवादीमय भएको चर्चा पनि उनले गरे । उनले भने, ‘मधेस जब माओवादीमय भयो, शान्ति सम्झौता, संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्ने प्रकृयालाई दुनियाँको कुनै तागतले रोक्न सकेन ।’ त्यतिबेला पनि शान्ति सम्झौता हुन नदिने, संविधानसभामा जान नदिने र संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा हुन नदिन प्रतिक्रियावादीले अनेक चलखेल र षडयन्त्र गरेको उनले जिकिर गरे ।

May be an image of 2 people and people standing

‘त्यतिबेला नेपालमा गणतन्त्र सम्भव नै छैन भन्ने मान्छे, र पार्टीहरु अहिले पनि छँदैछन्,’ उनले भने, ‘तिनलाई देशी र विदेशी प्रतिक्रियावादीले मलजल गरिनै रहेका छन् ।’ आफूहरुको हतियार भनेको जनतासँगको एकता नै रहेको प्रचण्डको भनाइ छ । उनले भने, ‘हाम्रो संगठनलाई बलियो बनाएरमात्र त्यो प्रतिक्रान्ति, प्रतिगमनको षडयन्त्रलाई परास्त गर्न सकिन्छ ।’

माओवादी केन्द्र मधेश प्रदेशका ईन्चार्ज गणेश साहको अध्यक्षतामा भएको यस कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, भरतप्रसाद साह, दिलिप साह, प्रह्लाद बुढाथोकी, बोधमाया यादवलगायतका नेताहरुको समेत उपस्थिती रहेको थियो ।