जनकपुर, चैत्र ८

नेकपा माओवादी केन्द्रले जनकपुरधाममा मंगलबार स्थानीय तह निर्वाचनलाई लक्षित गर्दैै प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो ।
माओवादीका शिर्ष नेतृत्वसहितका नेताहरुहरुले मञ्च खचाखच भरिएको थियो । मातृका प्रशिक्षण कार्यक्रममा अनुपस्थित भएप्छि मधेशमा माओवादी केन्द्रभित्रको असन्तुष्टि बढ्दै गईरहेको चर्चा समेत चुलिएको छ ।

मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा केन्द्रदेखि प्रदेशसम्मका नेताहरुको उपस्थिति रहेपनि नेता मातृकाप्रसाद यादवको अनुपस्थितले खल्लो महसुस नेता तथा कार्यकर्ताहरुले गरिरहेका थिए । नेता मातृकाप्रसाद यादवलाई मञ्चमा नदेखेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि मौन रहन सकेनन् । उनले पनि मञ्च तर्फ ताक्दै मातृकालाई सम्झन पुगे ।

मातृका यादव कार्यक्रममा नआउँदा दुःख लागेको प्रचण्डले बताए । उनले भने, ‘असन्तुष्टी रहेपनि यहाँ आउनु पथ्र्यो, तर आउनु भएन दुःख लाग्यो ।

मधेसभित्र युद्ध लडेका र पूर्वजनमोर्चाका नेता–कार्यकर्ताबीच माओवादीमा दुई धार छ । भूमिगतकालदेखि नै मधेशमा माओवादीको नेतृत्व मातृका यादवले गर्दै आई रहेका छन् । गिरिराजमणी पोखरेल र विश्वनाथ साहले पूर्वजनमोर्चा धारको लिड गर्छन् । गुटबन्दीकै कारण माओवादी अहिलेसम्म प्रदेश कमिटी समेत बनाउन सकेका छैन । प्रदेश कमिटीले पूर्णता पाउन नसक्नुमा नारायणकाजी श्रेष्ठ पार्टी भित्र बढी स्पेस पाउनु रुपमा कार्यकर्ताहरुले अथ्र्याइएका छन् ।

यता माओवादी केन्द्र मधेश प्रदेशका ईन्चार्ज गणेश साहले मातृका यादव पछिल्लो केही दिन यता पार्टीपंक्तिप्रति असन्तुष्ट रहेको स्वीकारे ।उनले पार्टी भित्र कुनै किसिमको विवाद नरहेको दावी गरे ।

उनले भने ‘परिवार भित्र संतुष्टि असन्तुष्टि चलिरहन्छ त्यस्तै मातृकाजी पनि आज असन्तुष्ट हुनु हुन्छ उहाँसंगको छलफलपछि सबै समाधान हुन्छ ।’

कार्यकर्ता प्रशिक्षण सकाए लगत्तै अध्यक्ष प्रचण्डले नेता मातृका यादवसंग भेटघाट गरेको मधेश प्रदेश ईन्चार्ज साहले स्पष्ट पारे ।
यता अध्यक्ष प्रचण्डले असन्तुष्टि र गुट–उपगुट त्यागेर स्थानीय तह निर्वाचनमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।