जनकपुर, चैत ८

दलित समुदाय भित्रपनि निकै भेदभाव, उत्पिडनको शिकार, अवैध शोषण जस्ता बन्धक श्रमिकको चरम मारमा परेका मुसहर समुदायलाई लक्षित गर्दै ल्याइएको अभियानले सो समुदायका किशोरीहरुमाथि सकारात्मक प्रभाव परेको छ ।

समाजबाट बहिष्कृत समुदायका रुपमा रहेका मुसहर समुदायलाई लक्षित गरि संचालित रहेको कार्यक्रमको प्रभावको बारेमा मुसहर समुदायकी किशोरीहरुसंग नेपालका लागि बेलायती राजदुत निकोला पोलिटले अन्तरक्रिया गरेकी छिन् ।

मुसहर समुदायको किशोरीहरुको सिकाई, गुनासो, चुनौती र समस्या बारे राजदुत पोलिटले गम्भिर चासो साथ सुनेकी थिइन् ।

सो क्रममा छात्रा प्रियंका कुमारी सदाले सिकाईले ममा व्यापक परिवर्तन ल्याएको बताइन् । उनले भनिन्, ‘अहिले पढ्न, लेख्न, बुझ्न सक्ने भएकी छु, विद्यालय जान पाएकी छु, ममा धेरै ठुलो परिवर्तन भएको छ ।’

मुसहर समुदायलाई शिक्षित बनाउने कार्यक्रमले प्रभावकारी सिमान्तकृत कोही पनि नरहुन् भन्ने मुल उद्देश्य साथ संचालन गरिएको परियोजनाको बारेमा सुनेपछि राजदुत पोलिटले किशोरीहरुलाई शिक्षासहित जिविकोपार्जनका लागि आत्मनिर्भर बनाउनका लागि प्रभावकारी कार्यको उनले प्रशंसा गरिन् । उनले भनिन्, ‘हिंसाबाट संरक्षण, सशक्तिकरण र जीविकोपार्जनको शिपसंग बलियो आधारभूत शिक्षासंग समायोजन गर्नु अपरिहार्य छ ।’ उनले अघि थप्दै भनिन्, ‘किशोरी तथा समावेशी शिक्षा संजालको काम र सनीय किशोरी छलmल केन्द्र किशोेरी समुदाय समूहको कामले दुवै आत्मनिर्भरता तथा स्थानीय निर्णयकर्तासंग समन्वय गरी गुणात्मक शिक्षाका लागि बजेट र स्रोत उपलब्ध गराउन पहल गनुपर्ने आवश्यकता देखाएको छ ।’

सिकाई र जीविकोपार्जनका लागि काम गरिरहेकी तारा देवी सदाले टिकुलिया किशोरी केन्द्र संचालन गरि शिक्षा र जीविकोपार्जनका लागि समुह बनाएर काम गरिरहेकी छिन् ।

त्यस्तै निसा देवी सदा भने सोही परियोजनाबाट पसल संचालन गरेर जीविकोपार्जन पनि गरिरहेकी छिन् । उनीहरुले समेत राजदुत पोलिटलाई आफ्नो अनुभव, चुनौती र समस्या बारे खुलेर कुरा राखेकी थिइन् ।

मुख्यमन्त्री राउत-राजदुत पोलिटबिच शिष्टाचार भेट

No description available.

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि बेलायती राजदुत निकोला पोलिट बीच शिष्टाचार भेटघाट भएको छ ।

राजदुत पोलिट र मुख्यमन्त्री राउत बीचको भेटघाटको क्रममा बेलायत सरकारको सहयोगमा मधेस प्रदेशमा जारी योजना र आगामी रणनीतिबारे छलफल भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।