काठमाण्डौँ, चैत्र ९
मिस्टर एण्ड मिस नेपाल टिनको पाँचौं संस्करणमा सृष्टि महर्जन मिस नेपाल टिन २०२२ को उपाधि हात पार्न सफल भएकी छिन् । भने मधेश प्रदेशकी शिवानी कापर मिस नेपाल टिनको सेकेन्ड रनर अप हात पार्न सफल भइन् ।
अभिनी प्रोडक्सनले काठमाण्डौंँमा आयोजित मिस्टर एण्ड मिस नेपाल टिनको पाँचौं संस्करणमा सृष्टि महर्जनले नोभेम्बरमा अमेरिकाको मियामीमा हुने मिस टिन युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन् ।
त्यस्तै मिस नेपाल टिन चार्म २०२२ को उपाधि सृष्टि भुसालले जितेकी छिन् । उनी कोलम्बियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छिन् । भने सेकेन्ड रनरअप भएकी जनकपुरधामकी शिवानी कापर नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ की शिवानी कापर जनकपुरधामको प्रतिनिधित्व गर्दै मिस्टर एण्ड मिस नेपाल टिनमा सहभागि भएकी थिईन् ।
सो कार्यक्रममा वरिष्ठ नृत्य कोरियोग्राफर, कलाकार तथा कार्यक्रम आयोजक महेश केसी, मिस नेपाल युनिभर्स २०१९ प्रदीप्ता अधिकारी, मोटिभेसनल स्पिकर एण्ड लिडरसिप ट्रेनर रोहित मल्ल, चलचित्र निर्माता तथा प्रख्यात चलचित्र निर्माता देवेन्द्र खड्का, महिला अधिकार अभियन्ता तथा ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत एवम् ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।
सबटाइटलतर्फ मिस ट्यालेन्ट सृष्टि महर्जन, मिस मल्टिमिडिया शिवानी कपर, पिपल्स च्वाइस सृष्टि भुसाल, मिस फोटोजेनिक सदिक्षा खनाल, मिस क्याटवाक सञ्जना भण्डारी, मिस इन्टेलेक्चुअल सृष्टि भुसाल, मिस कन्फिडेण्ट सञ्जना भण्डारी र ब्यूटी विथ पर्पज यसशिका सिंहलाई अवार्ड दिइएको जनाइएको छ ।
त्यस्तै मिस्टर ट्यालेन्ट निशान वाइबा, मिस्टर मल्टिमिडिया प्रयास ओझा, पिपल्स च्वाइस निशान वाइबा, मिस्टर फोटोजेनिक प्रकाश बोहरा, मिस्टर मोडल ऋषु शाह, बेस्ट वाक मनदीप भुसाल र ह्याण्डसम विथ पर्पजको उपाधि राम इकवाल यादवले हात पार्न सफल भए ।
सो कार्यक्रमका कन्सेप्ट डिजाइनर तथा अफिसियल कोरियोग्राफर पवन आचार्यले किशोर तथा किशोरीको नेतृत्वमा विकास र जीवन सीप सम्बन्धी विभिन्न पक्षमा प्रशिक्षकहरुबाट तालिम सञ्चालन गरेको जानकारी दिए ।