
जनकपुर, चैत्र ९
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले नेताको पछि लागेर आकांक्षी उम्मेदवार नबन काँग्रेसी कार्यकर्तालाई नेता विमलेन्द्र निधिको आग्रह गरेका छन् ।
बुधबार जनकपुरधाममा नेपाली काँग्रेस धनुषाका नवनिर्वाचित उम्मेदवारहरुलाई प्रमाण पत्र वितरण गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता निधिले यसपालि पार्टी भित्र व्यक्तिगत सिफारिस कसैको नचल्ने भएकाले नेताको पछि कसैलाई नलाग्न आग्रह गरेका हुन् ।
उनले धनुषाको १८ वटै पालिकामा घरदैलो अभियान संचालन गर्न आग्रह गर्दै उनले टिकटका आकांक्षी उम्मेदवारले काँग्रेसको विधान अनुसार नेता तथा कार्यकर्ताले टिकटका लागि वडा देखि पार्टी कमिटीको टिकटका लागि सिफारिस लिएर सम्बन्धित पार्टी कमिटीसँग टिकट लिन निर्देशन समेत दिए ।
उनले आगामी वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनमा आमजनताको घर घरमा गएर गाछी छापलाई मतदान गर्न आग्रह गर्न निर्देशन दिँदै अभियान संचालनमा भने ।
उनले काँग्रेसको गाछी छापलाई धनुषाको १८ वटै पालिकामा कसरी जित्छ, त्यसको लागि काम गर्न कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, ‘ काँग्रेस नजितेमा नेता तथा कार्यकर्ताको अहिले जसरी सहजरुपमा कामहरु भईरहेको त्यसरी हुदैन, त्यसैले प्रहरी प्रशासनदेखि विभिन्न कार्यालयका हाकिमलाई फोन गरेर काम गराउनका लागि पनि कार्यकर्ताहरु एकजुट आग्रह गर्दछु ।’ उनले अघि थप्दैँ भने, ‘त्यसको लागि व्यक्ति होइन, काँग्रेस जित्नु पर्छ ।’
उनले भने, ‘ वडा अध्यक्ष देखि सदस्य तथा पालिका प्रमुख पदका लागि काँग्रेसको विधान अनुसार नै पदका आकांक्षीले उम्मेदवारीका लागि प्रक्रिया अनुसार अघि बढ्नु होला, नेताको पछि लागेर केहि हुनेवाला छैन । वडा, पालिकाबाट सिफारिस गरेर जिल्ला पार्टीले स्थानीय तहको निर्वाचनको टिकट सम्बन्धित निकायले एक पदमा एकै जनालाई दिने हो । यसको लागि आवेशमा नआउन समेत आग्रह गर्दछु ।’
अर्को प्रसंगमा उनले लगभग दुई तिहाईको कम्यूनिष्ट सरकारले जनताको लागि काम गर्न नसकेपछि काँग्रेसले सरकारको नेतृत्व गर्नु परेको बताएका छन् ।
उनले कम्यूनिष्टले जनताका लागि काम गर्न नसकेपछि बाध्यतावश काँग्रेसले सरकारको नेतृत्व गर्नु परेको बताएका हुन् ।
उनले कम्यूष्टि सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असफल पार्ने खेल तर्फ लागेपछि बाध्यतावश कम्यूनिष्टहरुकै घटक दलको आग्रहमा काँग्रेसले सरकारको नेतृत्व गर्न पुगेको स्पष्ट पारे ।
उनले भने, ‘एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा र लोसपा सबै दलहरु सरकार चलाउन असफल भए । काँग्रेस विनाको सरकार नै चलाउन सकेनन् । त्यसपछि काँग्रेसले नै देश हाँक्नु परेको अहिलेको छ ।’
धनुषा काँग्रेसको सभापति योगेन्द्र पँजियारसहित सम्पूर्ण प्यानल नै नेता निधि समुहले जितेका छन् ।