जनकपुर, चैत्र १०

धनुषा प्रहरीले नेपाल–भारत सिमावर्ती क्षेत्रबाट अवैधरुपमा लग्दै गरेको लाखौ रुपैयाँ बराबरको रक्सी सामग्री बरामद गरेको छ ।

धनुषा प्रहरीले अवैध मदिरासहित करिब ३५ लाख रुपैयाँ भन्दा बढीको सामग्री बरामद गरेको हो ।

धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर १ स्थित ईनर्वामा अवैध रूपमा विभिन्न किसिमका नेपाली ब्राण्डका रक्सीहरू गोप्य सूचनाको आधारमा धनुषा प्रहरीले बरामद गरेको हो ।

No description available.जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले १८ वटा मोटरसाईकलमा विभिन्न ब्राण्डका मदिराहरू लोड गरी नेपालबाट भारत तर्फ लगिरहेको अवस्थामा मालसमानहरू समेत नियनत्रणमा लिएको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

२८ लाख ५८ हजार १ सय रुपैयाँ मूल्य बराबरको मोटरसाईकल सहित विभिन्न किसिमका मदिराहरू बरामद गरिएको उनले बताए ।

त्यस्तै धनुषा जनकन्नदनी गाउँपालिका वडा नम्बर ३ स्थित २ वटा मोटरसाईकलमा विभिन्न किसिमका कपडा र चप्पलसहितको बोरामा राखेर भन्सार छली चोरी पैठारी गरी ल्याएको सामनाहरू फेला परेको समेत उनले बताए ।

सो सामग्री करिब ६ लाख ५८ हजार ८ सय रुपैयाँ बराबरका रहेको थियो । बरामद गरिएका अवैध सामग्रीहरु सम्बन्धित कार्यालयमा पठाई आवश्यक कारवाही हुने उनले बताए ।