एजेन्सी, चैत्र ११

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाविरुद्ध मुद्दा दर्ता भएको छ ।

उनीमाथि केही दिन अघि एक इभेन्ट म्यानेजरले धोकाको मुद्दा दर्ता गरेका थिए । सो घटना मिडियामा सार्वजनिक भएपछि सोनाक्षी सिन्हाले यसलाई झुटो बयान दिएकी थिइन् ।

अब आफ्नो यसै बयानका कारण सोनाक्षी सिन्हा अर्को एउटा मुश्किलमा परेकी छिन् ।

एक भारतीय सञ्चार माध्यमले मुरादाबादका इभेन्ज म्यानेजरले सोनाक्षी सिन्हाको आपत्तिजनक बयानविरुद्ध एसिजेएम–५ अदालतमा एक प्रार्थना पत्र दिएका छन् ।

म्यानेजरले सोनाक्षीले आफ्नो बयानमा उनलाई अपशब्द प्रयोग गरेको जसका कारण उनको छविमा क्षती पुगेको आरोप उनले लगाएका छन् ।

उक्त उजुरी दर्ता भएपछि अदालतले प्रार्थना पत्र स्वीकार्दै अप्रिल ४, २०२२ मा सुनुवाईको मिति निश्चित गरेको छ ।

त्यस्तै मुरादाबादको कठघर थाना क्षेत्र निवासी प्रमोद शर्माले नायिका सोनाक्षी सिन्हासमेत पाँचजनामाथि धोका दिएको भन्दै मुद्दा दर्ता गराएका थिए ।

सो मुद्दामा सोनाक्षीविरुद्ध अदालतबाट जमानती वारेन्ट जारी भएको थियो ।

सो सम्बन्धमा सोनाक्षी सिन्हाको बयान पत्रिकामा छापिएको थियो । जसमा उनले प्रमोद शर्माविरुद्ध अपशब्द प्रयोग गरेकी थिइन् ।