महोत्तरी, चैत्र ११
महोत्तरीको एकडारा गाउँपालिकाकी उपाध्यक्ष महजबी खातुनलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट निस्कासन गरिएको छ ।
लोसपा नेपाल महोत्तरी जिल्ला कार्यसमितिले एक विज्ञप्ति जारी गर्दै उपाध्यक्ष खातुनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको हो ।
पार्टीको निर्देशन विपरीतका क्रियाकलापमा खातुन सहभागी भएको भन्दै कारबाही गर्नुपरेको लोसपा महोत्तरीका अध्यक्ष रामबाबु साहले जनाएका छन् ।
जिल्ला अनुशासन समितिको सिफारिसमा कार्यसमितिले उपाध्यक्ष खातुनलाई पार्टीबाट निष्कासन गरिएको अध्यक्ष साहले बताए । जनता समाजवादी पार्टी नेपालबाट फुटेर लोसपा बनेपछि उपाध्यक्ष खातुनले लोसपा रोजेकी थिइन् ।
तर पछि उनी पुनः जसपामै फर्कने भएपछि उनलाई कारवाही गरिएको स्रोतको दावी छ ।