उदयपुर, चैत्र ११
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक षड्यन्त्रका कारण एमाले सरकारबाट बाहिरिएको बताएका छन् ।
शुक्रबार गाईघाटमा भएको एक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने, ‘हामी जनताको अदालतबाट बाहिरीएका हैनौ ।
हामीलाई अदालतको परमादेशबाट बाहिरीन बाध्य बनाईयो ।’ अध्यक्ष ओलीले अघि थप्दै भने, ‘हामी केही समयको लागि मात्र सरकारबाट बाहिरीएका हौ, फेरी जनताले हामीलाई स्थापित गरेर सरकारमा पु¥याउने छ ।’ उनले भने । उनले अनैकौ जालझेल र टिकडम बाजी गरेर अदालतको परमादेशबाट सरकारबाट बलजफती हट्न बाध्य पारिएको बताए ।
नेकपा एमाले उदयपुरले आयोजना गरेको जनसभामा बोल्दै अध्यक्ष ओलीले बैशाख ३० गतेको निर्वाचनपछि पार्टी छाडेर जानेहरुको हवीगत देखिने बताए । ‘ चोक्टा खान गएकाहरुलाई लोप्पा खुवाउने उपयुक्त मौका आएको छ ।’ स्थानीय तहको निर्वाचन त्यसको लागि राम्रो मौका हो । उनले भने, ’ओलीले नेपाल समूहलाई लक्षित गर्दै भने पिलो निचार्दैमा वजन घट्छ भन्ने हैन, हल्का दुखाई मात्र कम भएको हो । अब हाम्रो वजन निकै बढी सकेकोले एमाले प्रति जनताको विश्वास झनै बढेको बताए ।
उनले एमालेले सरकारको नेतृत्व गरेको बेला मूलुक भरी विकास निर्माणमा बजेटको अभाब नभएको तर अहिले अर्थतन्त्र ध्वस्त भएकोले विकास, निर्माणको योजनामा पैसाको अभाब भएर गति लिन नसकेको बताए ।
‘ मेरो पालामा धरहरा, रानीपोखरी, विभिन्न सडक राजमार्ग, अस्पताल, कृषि पूर्वाधारमा पर्याप्त बजेट थियो । तर अहिले तिनै योजनामा बजेट अभाबमा कटौती भएकाछन् ।’ उनले भने । सरकारको नेतृत्व फितलो भएको कारण अहिले मूलुकको आर्थिक स्थीति जर्जर बनेको उनले बताए ।
उनले सरकारले ४ रुपैया प्रति युनिटमा विक्री गरेर ३८ रुपैया भारतबाट विजुली खरिद गरिरहेको विषय रहस्यमय भएको बताए । उनले भने, ‘हामीले मुलुक भर लोडसेडिङ्ग पूरै हटाएका थियौ । तर अहिले फेरी लोडसेडिङ्ग शुरु गरिएको छ । कस्तो अचम्म महङ्गोमा किनीएर पनि फेरी नेपाली जनतालाई अध्यारोमा राख्न खोजिएको छ ।’
अध्यक्ष ओलीले त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्से स्थित मदन मण्डारी अस्पतालको भवन तथा सेवा विस्तारको उद्घाटन समेत गरे ।